site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
साहित्यकार राप्रउ पोखरेललाई महोत्तरी प्रतिभा पुरस्कार प्रदान 

काठमाडौं । साहित्यकार तथा चिन्तक राप्रउ पोखरेल (रामजीप्रसाद उपाध्याय पोखरेल)लाई २०८१ सालको ‘शब्दयात्रा बद्रीविक्रम थापा महोत्तरी प्रतिभा पुरस्कार’ प्रदान गरिएको छ । साहित्यकार पोखरेल महोत्तरीको बिजलपुरामा जन्मिएका हुन् ।

साहित्य, संस्कृति, सामाजिक अध्ययनलाई आधार बनाई कृतिको लेखन तथा प्रकाशन गरेर नेपाली समाजको सकारात्मक रूपान्तरणका निम्ति भूमिका निर्वाह गरेकामा उनलाई २५ हजार रुपैयाँ नगद राशिसहितको पुरस्कार प्रदान गरियो । प्रा. रामकुमार पाँडेलगायत व्यक्तिले पुरस्कार प्रदान गरेका ‘शब्दयात्रा’का हरिमञ्जुश्रीले जानकारी दिए ।

हरेक वर्ष प्रदान गरिँदै आएको यो पुरस्कार समाजसेवी किरण थापाको सक्रियतामा कर्मयोगी बद्रीविक्रम थापा स्मृति सेवा गुठीले कोष व्यवस्थापन गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २१, २०८१  १२:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro