site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ओलम्पिकमा नौ स्वर्ण जित्ने कीर्तिमानी लडेकी, एउटै इभेन्टमा जितिन् चार स्वर्ण 
Tiktok banner adTiktok banner ad

काठमाडौं । अमेरिकी सुपरस्टार केटी लडेकीले ओलम्पिकमा सबैभन्दा धेरै स्वर्ण पदक जित्ने महिला खेलाडीको कीर्तिमानसँग बराबरी गरेकी छन् । 

पेरिस ओलम्पिक–२०२४ अन्तर्गत पौडीको ८०० मिटर फ्रिस्टाइलमा आठ मिनेट ११.०४ को समयसहित स्वर्ण जितेसँगै लडेकीले यो कीर्तिमान बनाएकी हुन् । जारी ओलम्पिकमा उनको पौडीमा जितेको यो चौथो स्वर्ण पदक हो । 

लडेकी ओलम्पिकको एउटै इभेन्टमा चार स्वर्ण जित्ने पहिलो स्विमर र एक्ली महिला खेलाडी हुन् । यसअघि यो कीर्तिमान पुरुष स्विमर माइकल फेल्पसले बनाएका थिए । 

ओलम्पिकको इतिहास लडेकीले जितेको यो नवौँ स्वर्ण हो भने १४औँ पदक हो । उनी अघि महिलातर्फ सेभियतकी जिम्न्यास्ट लारिसा लातिनिनाले ओलम्पिकमा नौ स्वर्ण जितेकी थिइन् । 

ओलम्पिकको इतिहासमा सर्वाधिक पदक जित्ने खेलाडीको कीर्तिमान भने फेल्पससँग छ । उनले २३ स्वर्णसहित कुल २८ पदक जितेका छन् । “चारपटकको यो कीर्तिमानले मेरो लागि धेरै अर्थ राख्दछ । अगस्ट ३ २०१२ को त्यही दिन हो, जुन दिन मैले पहिलो पदक जितेको थिए । मैले ममाथि निकै दबाब थपेको थिए । अहिले म खुसी छु । मैले मेरो काम पूरा गरे,” खेलपछि लडेकीले भनिन् । लडेकीलाई विश्वभर ‘क्विन अफ द पूल’ को उपनामले पनि चिनिन्छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २०, २०८१  १३:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro