site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
महिला भलिबल टिमलाई प्रधानमन्त्रीले दिए बधाई

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली महिला भलिबल टिमलाई बधाई दिएका छन् । राजधानीमा जारी काभा महिला नेसन्स लिग भलिबल प्रतियोगितमा नेपालले पहिलोपटक भारतलाई पराजित गरेपछि उनले सामाजिक सञ्जालमार्फत बधाई दिएका हुन् ।

“नेपालको जित । काभा वुमन्स नेसन्स लिग महिला भलिबलमा नेपालले भारतमाथि ऐतिहासिक जित निकालेको छ । बधाई नेपाली टिम,” प्रधानमन्त्रीले सामाजिक सञ्जालमा लेखेका छन् ।

शनिबार भएको खेलमा नेपालले भारतलाई ३–२ को सेटमा पराजित गरेको थियो । महिला भलिबल प्रतियोगितामा नेपालले पहिलोपटक भारतलाई हराएको हो । जारी प्रतियोगितामा नेपालको यो दोस्रो जित हो ।

निकै प्रतिस्पर्धात्मक खेलमा पहिलो सेट नेपालले २५–१८ ले जितेको थियो । खेलको दोस्रो सेट भारतले २५–१२ ले आफ्नो पक्षमा पार्‍यो । तेस्रो सेटमा नेपालले भारतलाई २५–१७ ले पाखा लागाएको थियो । चौथो सेट नेपालले १८–२५ ले गुमायो । नेपालले अन्तिम तथा निर्णायक पाँचौँ सेटमा भारतलाई १५–१३ ले पराजित गर्‍यो ।

प्रतियोगितामा नेपाल र भारतसहित श्रीलंका, माल्दिभ्स र इरानको सहभागिता छ । रासस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: शनिबार, साउन १९, २०८१  २२:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro