site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
स्थानीय तहको ६ अर्ब बक्यौता विवाद ब्युँतियो, मेयर्स फोरम भन्छ– लाइन काटे आन्दोलन गर्छौं
SkywellSkywell

काठमाडौं । स्थानीय तहले सडक बत्ती प्रयोग गरेबापत ६ अर्ब बढी बक्यौता नतिरेपछि पुनः विवाद चर्किने देखिएको छ । नेपाल विद्युत् प्राधिकरणले लाइन बक्यौता नतिरे काट्ने चेतावनी दिएपछि स्थानीय निकायसँग विवाद बढ्ने देखिएको हो । प्राधिकरणले स्थानीय तहलाई बक्यौता तिर्न पटकपटक सूचना जारी गर्दै आएको छ ।

प्राधिकरणले बक्यौता असुल गर्न सडक बत्ती काट्न सक्ने भन्दै काठमाडौं उपत्यका मेयर्स फोरमले उपप्रधान तथा सहरी विकासमन्त्रीलाई भेटेरै ध्यानाकर्षण गराएको छ । उनीहरूले उद्योगमा जस्तै विद्युत् काटिन सक्ने भएकाले त्यसो नगर्न चेतावनी दिएका छन् ।

तत्कालीन अर्थमन्त्री वर्षमान पुनसँगको भेटमा स्थानीय तहको सडक बक्यौता चालु आर्थिक वर्ष (आव)कोराफसाफका लागि आग्रह गरिएको थियो । तर, त्यसको कुनै सम्बोधन भएन । प्राधिकरणका तथ्यांकअनुसार स्थानीय निकायले प्रयोग गरेको सडक बत्तीबापत ६ अर्बभन्दा बढी सडक बत्तीको बक्यौता तिर्न बाँकी छ ।

Dabur Nepal
NIC Asia

सबैभन्दा धेरै काठमाडौं महानगरपालिकाको छ । सडक बत्ती प्रयोग गरेबापत काठमाडौं महानगरले जरिवानाबाहेक एक अर्ब ७८ करोड रुपैयाँ बढी तिर्नुपर्ने तथ्यांक छ ।

ललितपुर महानगरको २४ करोड ४१ लाख, नेपालगञ्ज उपमहानगरपालिका १९ करोड ९१ लाख, वीरगञ्ज महानगरको १७ करोड २८ लाख, पोखरा महानगरको १३ करोड ३५ लाख, भरतपुर महानगरको १० करोड ६२ लाख, धनगढी महानगरको १० करोड ५७ लाख, रत्ननगर नगरपालिकाको १० करोड ४८ लाख, मलंगवा नगरपालिकाको १० करोड २३ लाखबढी बक्यौता बाँकी छ । देशभरका स्थानीय तहले प्रयोग गरेका सडकबत्तीको बक्यौता ६ अर्ब भन्दा माथि छ ।

तर, लामोसमयदेखि प्राधिकरणले परिपत्र गरेपनि हालसम्म नतिरेको भन्दै भदौबाट लाइन काट्ने जनाएको छ ।

असारसम्मको तथ्यांक समावेश गर्दा ६ अर्ब ८० करोडको हाराहारीमा पुग्ने प्राधिकरण उपकार्यकारी निर्देशक मनोज सिलवाल बताउँछन् । 

“हाम्रो पछिल्लो तथ्यांक आएको छैन । यो समेत जोड्ने हो भने ६ अर्ब ८० करोड माथि पुग्छ,” उनले भने, “हामीले स्थानीय तहको सहजताका लागि ६० किस्तासम्मको व्यवस्था गरेका छौँ । ४५ दिनभित्र किस्ताबन्दीका लागि आएकाबाहेक अरूको लाइन भदौबाट काट्न सुरु गर्छौं ।”

Nea-(2)-1722517295.jpg
 

यसअघि पटकपटक सूचना निकालेको प्राधिकरणले पछिल्लोपटक ६० महिनासम्मको किस्ताबन्दी सुविधा दिएको थियो । प्राधिकरणले गत असार १६ मा एक सूचना जारी गरी ४५ दिनभित्र प्राधिकरणमा किस्ताबन्दीको आवेदन दिन सूचना गरेको थियो । प्राधिकरण स्रोतअनुसार हालसम्म कुनै पनि स्थानीय तह किस्ताबन्दीको आवेदन दिन आएका छैनन् । 

किस्ताबन्दी सुविधा नलिएपछि प्राधिकरण लाइन काट्न सक्ने भन्दै काठमाडौं उपत्यका मेयर्स फोरमका अध्यक्ष चिरिबाबुमहर्जनसहितको टोलीले उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहलाई भेटेरे प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उद्योगमा जस्तै लाइन काट्न सक्ने आशंका व्यक्त गरेको छ ।

ललितपुर महानगरपालिकाका मेयरसमेत रहेका महर्जनले प्राधिकरणले काठमाडौं उपत्यकाका मूल सडकमा जडित बत्तीको लाइन काटे आन्दोलन गर्ने चेतावनी दिए । 

“सडक बत्ती र सीसीटीभीको व्यवस्थापन स्थानीय सरकारबाट हुँदै आएको छ । काठमाडौंउपत्यकाभित्र पर्ने राजमार्ग, चक्रपथलगायत अधिकांश मूल सडकमा जडित बत्तीहरूको बिलसमेत स्थानीय सरकारलाई थोपरिएको र केन्द्रीय र प्रदेश सरकार मातहतका सडक तथा आयोजनामा जडित बत्तीको महसुलको विषय संघ र प्रदेश सरकारकै दायित्वभित्र पर्छ,” उनले भने, “पालिका मातहतका सडक, सम्पदा, पर्यटकीय र सार्वजनिकस्थलमा जडित विद्युत्‌को महसुल भुक्तानी गर्छौं । तर, प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले उद्योगमा झैँ विद्युत् काटिए आन्दोलन सुरु गर्छौं ।”

मेयर्स फोरमसँगको कुराकानीमा उपप्रधानमन्त्री सिंहले सडक बत्तीको महसुल उपत्यकाका स्थानीय तहले ६० प्रतिशत र सरकारले ४० प्रतिशत तिर्ने गरी सहजरीकरण गर्ने आश्वासन दिएका छन् ।

“काठमाडौं उपत्यकामा आर्थिक वर्ष २०८१/०८२ देखि सडक बत्तीको महसुल ६०/४० ले भुक्तानी गर्ने गरी व्यवस्था मिलाउन मन्त्रालय सकारात्मक छ,” उनले भने, “सडक बत्तीका लागि उपत्यकाका स्थानीय तहले ६० प्रतिशत र सरकारले ४० प्रतिशत तिर्ने गरी व्यवस्था गर्न मन्त्रायले आवश्यक सहयोग गर्छ ।”

nea-(1)-1722517295.jpg
 

उनले काठमाडौं उपत्यका मेयर फोरमले आफ्ना समस्याहरू खुलेर राखेको भन्दै व्यवधान र अवरोध भए खुलाउन मन्त्रालय तयार रहेको बताए । 

“तपाईंहरू आएर काठमाडौं उपत्यका मेयर फोरमले जुन मलाई खुलारूपमा आफ्ना समस्याहरू राख्नुभएको छ । त्यसमा गम्भीर छु । मन्त्रालयले गर्नुपर्ने सहयोग म गर्न तयार छु । सहरी विकास मन्त्रालयले स्थानीय सरकारलाई काममा कतै व्यवधान र अवरोध भए त्यसलाई फुकाउन हामी तयार छौँ,” उनले भने, “यसलाई संयुक्तरूपमा काम गरौँ । सहरी विकास त यसले हेर्छ, तर गाउँहरूमा सडकदेखि व्यवस्थापन गर्ने काम पनि यसले हेर्छ । यो मन्त्रालयले नगरपालिकालाई मात्रै हेर्छ भन्नेकुरा नठान्नुस् । बिलिङको सिस्टम अन्क्लियर भयो भन्नुभयो । यो ऊर्जा मन्त्रालयसँग हामी छलफल गरेर तपाईंहरूको जुन माग छ, २०८१/०८२ देखि ६०/४० को सेयर गरेर गर्ने भन्ने कुरामा हामी यो मन्त्रालयबाट सकारात्मक भूमिका खेल्नेछौँ ।”

कुन स्थानीय तहको कति बाँकी ?

 

स्थानीय तहको नामबक्यौता रकम  
काठमाडौं महानगरपालिका१,७८९,७६८,०९७
ललितपुर महानगरपालिका२४४,१३०,३४७
नेपालगंज उपमहानगरपालीका१९९,१३८,८४६
बीरगञ्ज महानगरपालिका१७२,८६९,४६७
पोखरा महानगरपालिका१३३,५१४,७१३
भरतपुर महानगरपालिका१०६,२४१,३३१
धनगढी उपमहानगरपालीका१०५,७३०,३८७
रत्तनगर नगरपालिका१०४,८६९,३८३
मलंगवा नगरपालिका१०२,३९४,०४३
भीमदत्त नगरपालीका९८,६०४,३२२
बनेपा नगरपालिका९०,७५२,७९८
विराटनगर महानगरपालिका८६,६०८,७०७
तानसेन नगरपालिका८५,१५७,४९७
बुटवल उपमहानगरपालिका८१,७७७,३१६
जनकपुर उपमहानगरपालिका७१,१०६,४९१
कलैया उपमहानगरपालिका६८,९६२,२५१
धुलिखेल नगरपालिका६८,५२६,५४३
मध्यपुर ठिमी नगरपालिका६३,२४२,३८९
भक्तपुर नगरपालिका६१,८८०,२३७
पनौती नगरपालिका५८,३३९,३०५
सिद्धार्थनगर नगरपालिका५६,६१७,९९७
दमक नगरपालिका५५,४८९,१०१
कृष्णनगर नगरपालिका४६,३५४,४०९
गरुडा नगरपालिका४५,००१,१४१
बौधिमाई नगरपालिका४४,८५६,३५२
राजविराज नगरपालिका४४,७०२,७३०
वीरेन्द्रनगर उपमहानगरपालीका४०,०७३,३४६
ईशनाथ नगरपालिका३९,८७४,९५८
टीकापुर नगरपालीका३८,३१७,६४६
मौलापुर नगरपालिका३७,५९९,२७०
गौर नगरपालिका३७,४५९,६८१
कपिलवस्तु नगरपालिका३६,५३१,५३५
खैरहनी नगरपालिका३५,९५१,८५०
टोखा नगरपालिका३५,३४२,५६८
माधवनारायण नगरपालिका३३,९२५,४७४
फतुवाबिजयपुर नगरपालिका३४३४४८६४
गुलरिया नगरपालिका३२,६३१,६०५
राजपुर नगरपालिका३२,४७१,१७८
परोहा नगरपालिका३१,२५३,०४२
रामग्राम नगरपालिका३०,२९०,५०३
इटहरी उपमहानगरपालिका२९,९५८,८१३
कीर्तिपुर नगरपालिका२७,६३३,०६५
भरतपुर महानगरपालिका२७,१९२,३२३
महागढीमाई नगरपालिका२७,०९४,९५४
नागार्जुन नगरपालिका२६,९९१,८०१
देवाही गोनाही नगरपालिका२६,०५२,३३३
धरान उपमहानगरपालिका२५,९८१,९२४
कन्चनपुर नगरपालिका२५,७४७,२४०
कटहरिया नगरपालिका२४,८५५,४३८
मेचीनगर नगरपालिका२३,९९४,७१७
इनरुवा नगरपालिका२३,८८०,३६३
बहुदरमाई नगरपालिका२३,४३१,५०६
जहदा गाउँपालिका२२,४५४,३८१
गढीमाई नगरपालिका२१,९८९,३५४
धनुषाधाम नगरपालिका२१,८४३,९६०
दुर्गा भगवती गाउँपालिका२१,५४९,०३२
राजदेवी नगरपालिका२०,४६६,५४७
चन्द्रपुर नगरपालिका२०,२१९,२२७
गुजरा नगरपालिका१९,७८९,७६८
डुडुवा गाउँपालिका१९,४५८,०२०
त्रियुगा नगरपालिका१८,७९७,०१६
सिरहा नगरपालिका१८,७११,०७४
गोकर्णेश्वर नगरपालिका१७,६५९,०१७
मिथिला बिहारी नगरपालिका१७,५९६,२१८
सिम्रोनगढ नगरपालिका१५,९३३,६४८
गोदावरी नगरपालिका१५,८५८,४२६
यमुनामाई गाउँपालिका१५,१९१,२२८
फेटा गाउँपालिका१४,९२२,५९९
सुर्यविनायक नगरपालिका१४,७२९,६६२
बृन्दावन नगरपालिका१४,६३०,२३९
वृन्दावन नगरपालिका१४,६२९,५७७
शिवसताक्षि नगरपालिका१४,५८१,००९
बुढानिलकण्ठ नगरपालिका१४,२९९,५५२
क्षिरेश्वर नगरपालिका१४,०१६,३०५
बाणगंगा नगरपालिका१३,९६८,२८१
हरीनगरा गाउँपालिका१३,८३७,३६४
ग्रामथान गाउँपालिका१३,७१६,७५४
रामधुनी नगरपालिका१२,९८३,४३५
कटहरी गाउँपालिका१२,८१३,३५७
कोल्हवी नगरपालिका१२,६३९,३०४
दक्षिणकाली नगरपालिका१२,५१८,७७५
जितपुर सिमरा उ.म.न.पा.१२,२०५,५०६
देवताल गाउँपालिका१२,०१७,५२७
हनुमाननगर कंकालिनी न.पा.११,५४१,८४५
राप्ती नगरपालिका११,४६८,२२२
व्यास नगरपालिका११,४०६,१८१
पर्सागढी नगरपालिका११,३८०,९५४
पोखरीया नगरपालिका११,२९४,५३४
लाहान नगरपालिका११,२६०,०३२
सखुवा पर्सौनी गाउँपालिका१०,९४८,५१०
बराह नगरपालिका१०,६४१,०१५
देवानगञ्ज गाउँपालिका१०,१५७,९६०
पिपरा गा। पा९,८५२,२६६
चन्द्रागिरी नगरपालिका९,८५१,२५७
बढैयाताल नगरपालिका९,७५६,८७२
विन्दवासीनी गाउँपालिका९,७५२,३९९
लक्ष्मीनिया गाउँपालिका९,७१३,७३१
तुलसीपुर उपमहानगरपालिका९,५८१,५७४
बारागढी गाउँपालिका९,१०७,७६०
करैयामाई गाउँपालिका९,०७८,५०५
हेटौंडा उपमहानगरपालिका९,०५५,९२६
जलेश्वर न।पा८,९५१,२४२
भोक्राहा गाउँपालिका८,७४२,७१४
ठोरी गाउँपालिका८,५५०,३५८
सवैला नगरपालिका८,४८१,२७९
पचरौता नगरपालिका८,३६९,१४१
विश्रामपुर गाउँपालिका१०३५२०७६
दुहवी नगरपालिका८,१६७,११६
तारकेश्वर नगरपालिका७,७५४,३७५
महालक्ष्मी नगरपालिका७,७४६,३३४
सुनवर्सी नगरपालिका७,६८५,२४६
विष्णुपुर गाउँपालिका१०९९३९३०
एकडारा गा।पा७,४३५,३०४
गरुडा नगरपालिका७,३१५,०५०
सुनवल नगरपालिका७,२५४,८१९
रतुवामाई नगरपालिका७,२४८,४८६
बुढीगंगा गाउँपालिका७,२१४,५०५
छिन्नमस्ता गाउँपालिका७,१२५,५७७
कालिकामाई गाउँपालिका७,०८७,६२२
रंगेली नगरपालिका७,०२०,२९१
धनपाल गाउँपालिका६,९६४,६८५
प्रसौनी गाउँपालिका६,८३५,८५९
बर्दिवास नगरपालिका६,५९१,८१६
वलरा नगरपालिका६,४६७,७६९
मिथिला नगरपालिका६,४६१,८२९
ठाकुरबाबा नगरपालिका६,३२३,४८०
जिराभवानी गाउँपालिका६,१९३,८६४
नरहा गाउँपालिका५,७६७,८०८
राजगढ गाउँपालिका५,७५७,०८९
परवानिपुर गाउँपालिका५,६८९,३२०
कविलासी नगरपालिका५,६०६,५४३
सुवर्ण गाउँपालिका५,५३०,३१८
पकाहामैनपुर गाउँपालिका५,४६४,५७०
गोरखा नगरपालिका५,२४४,३०१
चाँगुनारायण नगरपालिका५,०२३,०६२
प्रसौनी गाउँपालिका५,००१,०३८
कुश्मा नगरपालिका५,०००,८१९
गणेशमान चारनाथ नगरपालिका४,८२५,८१२
कल्याणपुर नगरपालिका४,८२५,२५०
तिलाठी कोइलाडी गाउँपालिका४,७५२,३१६
भंगाहा नगरपालिका४,७४४,८७२
हरीपुर्वा नगरपालिका४,५२९,८४४
मनरा सिस्वा न।पा४,४९०,६४०
भिमफेदी गाउँपालिका४,४५५,०००
बाह्रदशी गाउँपालिका४,४३०,४३७
औरही गाउँपालिका४,२८४,९५३
हँसपुर नगरपालिका४,१६७,४४२
गोडैटा नगरपालिका३,८२८,६५२
वलवा न।पा३,८१३,६३८
शहीदनगर नगरपालिका३,८१२,५४५
धोबीनी गाउँपालिका३,७९६,१८७
हंशपुर नगरपालिका३,७५६,८९१
इलाम नगरपालिका३,७३७,०७७
बर्दघाट नगरपालिका३,६८२,२५५
अर्नमा गाउँपालिका३,६७२,३३९
मटिहानी न।पा३,५६४,०००
रुपनी गाउँपालिका३,४८७,६२७
कमल गाउँपालिका३,४६६,९२८
पटेर्वा सुगौली गाउँपालिका३,४५५,७६८
कोशी गाउँपालिका३,३७६,८१०
बाँसगढी नगरपालिका३,३१९,८८६
भद्रपुर नगरपालिका३,२३७,३००
पाँचखाल नगरपालिका३,१३५,४३९
गढी गाउँपालिका३,१२२,३९३
लोहरपटी न। पा३,१००,८३८
कानेपोखरी गाउँपालिका३,१००,६४०
राजापुर नगरपालिका३,०८३,९१९
हनुमाननगर कंकालिनी न.पा.३,०७३,७८१
मिर्चैया नगरपालिका३,०७०,०८९
देवदह नगरपालिका३,०४६,२३०
बागलुङ नगरपालिका३,०२५,८९०
अग्नीसाइर कृष्णासवरन गा.पा.३,०२३,०४३
हरीवन नगरपालिका३,०२०,४९०
मनहरी गाउँपालिका२,९७०,०००
बकैया गाउँपालिका२,९७०,०००
मकवानपुरगढी गाउँपालिका२,९७०,०००
बह्मपुरी गाउँपालिका२,९०३,१७६
जनकपुर उपमहानगरपालिका२,८०६,६५३
रामगोपालपुर न।पा२,७४४,४३८
बुद्धभुमि नगरपालिका२,७२२,०१७
आदर्श कोटवाल गाउँपालिका२,६९५,२९१
महाराजगञ्ज नगरपालिका२,६०५,९१५
चन्द्रनगर गाउँपालिका२,५७५,८८१
औरही नगरपालिका२,४७३,७६३
विर्तामोड नगरपालिका२,३७९,९६६
डाक्नेश्वरी नगरपालिका२,२९६,५४४
शिवराज नगरपालिका२,२४३,४७५
सम्भुनाथ नगरपालिका२,२४१,४८९
महोतरी ग। पा२,२०९,६८०
बारबर्दिया नगरपालिका२,१०१,१२४
कालिका नगरपालिका२,०७१,५७५
महादेवा गाउँपालिका२,०४४,९१४
पर्सा गाउँपालिका१,९८०,०००
सोनामा गाउंपालिका१,९१५,६५०
नगराईन नगरपालिका१,९०१,६९७
रामगनगर गाउँपालिका१,८९३,३७५
हल्दीवारी गाउँपालिका१,८५४,८३४
लम्कीचुहा नगरपालीका१,८१९,१८३
महादेवा गाउँपालिका१,७२३,३२७
प्रतापपुर गाउँपालिका१,६८६,९७४
सप्तकोशी नगरपालिका१,६४०,३४०
कमलामाई नगरपालिका१,६२४,१०९
विदुर नगरपालिका१,५९२,६५९
पाल्हीनन्दन गाउँपालिका१,५६५,१४१
खडक नगरपालिका१,५६२,७८५
सरावल गाउँपालिका१,५५२,७०४
गौशाला नगरपालिका१,५४४,४००
कैलाश गाउँपालिका१,४८५,०००
जानकी गाउँपालिका१,४४९,३६९
विष्णु गाउँपालिका१,४३८,६६८
बराह गाउँपालिका१,३९७,०८८
सैनामैना नगरपालिका१,३०६,०४९
कन्काई नगरपालिका१,२७७,८८३
सुरुङ्गा नगरपालिका१,२५८,८४१
गौरादह नगरपालिका१,२४७,०९०
चक्रघट्ट गाउँपालिका१,२१२,७५०
गोलबजार नगरपालिका१,२१२,०८१
मधुवन नगरपालिका१,२०३,३६०
कर्जन्हा नगरपालिका१,१६९,२८९
इश्वरपुर नगरपालिका१,११७,८३४
धनगढीमाई नगरपालिका१,०९३,६१३
देवघाट गाउँपालिका (तनहुँ)९५७,८२५
बर्जु गाउँपालिका९२७,८२९
माडी नगरपालिका८९७,९१०
पर्सागढी नगरपालिका८९०,३०७
मुखियापटी मुसरनीया गा।पा८५५,३६०
जगरनाथपुर गाउँपालिका८४४,२४१
लालवन्दी नगरपालिका८२६,२१६
कचनकवल गाउँपालिका७४२,५००
बोदेवरसाइन नगरपालिका७३६,३१३
साम्सी गा।पा७१२,८००
सुस्ता गाउँपालिका७०४,१८७
धनकुटा नगरपालिका६४७,२७०
सुखीपुर नगरपालिका६२२,८००
नवराजपुर गाउँपालिका६२२,८००
भगवानपुर गाउँपालिका६२२,८००
कोहलपुर नगरपालिका५९८,६४४
निजगढ नगरपालिका५८१,०२३
लक्ष्मीपुर पतारी गाउँपालिका५२६,७२५
कञ्चन गाउँपालिका४९६,८९०
छिपहरमाई गाउँपालिका४६३,३२०
कविलास गाउँपालिका४४१,७८८
शुक्लाफाँटा नगरपालीका४२२,०३७
वरहथवा नगरपालिका४१८,५८९
दिपायल सिलगढी नगरपालीका४१६,२६४
ओमशतिया गाउपालिका४०५,५९१
लक्ष्मीनिया गाउँपालिका३७४,७४०
पथरी नगरपालिका३०७,९८७
घोराही उपमहानगरपालीका३०७,१९२
विजयनगर गाउँपालिका२९८,४७०
झलारी नगरपालीका२९४,७९०
बेशीसहर नगरपालिका२८१,५८९
नरहा गाउँपालिका२५९,८७५
रेसुङ्गा नगरपालिका२५८,५७०
बागमती नगरपालिका२४८,३६६
कमला नगरपालिका२४७,५००
जनकनन्दिनी गाउँपालिका२४७,५००
सियारी गाउँपालिका२१६,७६३
मुखिया पट्टी मुसहरमिया गा.पा.२१४,४४९
पाख्रिवास नगरपालिका२१३,३४१
हरीपुर नगरपालिका१९८,२४८
लुम्विनी सांस्कृतिक नगरपालिका१९६,५४६
तिनाउ गाउँपालिका (पाल्पा)१७८,७४२
विदेह नगरपालिका१७८,२००
अर्जुनधारा नगरपालिका१७०,०३२
बसवरिया गाउँपालिका१६१,४१०
बलेफी गाउँपालिका१५६,४६९
सखुवानान्कारकट्टी गाउँपालिका१५५,७००
भुम्लु गाउँपालिका१३०,७००
नरैनापुर गाउँपालिका१२३,७५०
वेलवारी नगरपालिका११९,०४४
कावासोती नगरपालिका१११,४६०
उर्लावारी नगरपालिका१०६,१४८
बेल्डाँगी गाउँपालीका१००,४०१
र्चाैतारा साँगाचोकगढी न.पा.९४,२३९
चौदण्डीगढी नगरपालिका८३,२९७
धुनिबेशी नगरपालिका७९,०६५
चौरजहारी नगरपालीका७१,६८४
पथरी शनिश्चरे नगरपालिका६५,८५३
बैजनाथ गाउँपालिका६३,०७०
कौडेना गाउँपालिका५९,५६७
गेजवाङ सडकबत्ती(प्युठान न.पा.)५९,२८२
कागेश्वरी मनोहरा नगरपालिका४८,०६५
बाह्रविसे नगरपालिका४२,६१६
गौरीगञ्ज गाउँपालिका३९,१९४
महालक्ष्मी नगरपालिका३६,०७८
रुरु गाउँपालिका३५,४६४
थाहा नगरपालिका३३,९१६
सुनकोशी गाउँपालिका३०,४१३
औरही गा.पा.३०,३१९
जुगल गाउँपालिका२९,१०६
खाँदवारी नगरपालिका२९,०५०
पुतलिबजार नगरपालिका२७,५१५
कमल गाउँपालिका२६,८४९
गौरीगञ्ज गाउँपालिका२५,०३२
रौतामाई गाउँपालिका२२,४४८
निलकण्ठ नगरपालिका२०,६९९
बेलौरी नगरपालीका२०,३७६
शारदा नगरपालीका१६,०६९
राप्तीसोनारी गाउँपालिका१५,७०७
मेलम्ची नगरपालिका१५,४६९
जिरी नगरपालिका१५,१५५
मध्यविन्दु नगरपालिका११,८७६
शुक्ला गण्डकी नगरपालिका११,८३६
गजुरी गाउँपालिका१०,९९६
छथर जोरपाटी गाउँपालिका१०,२५३
कटारी नगरपालिका९,०९६
कृष्णपुर नगरपालीका९,०८९
भजनी नगरपालीका८,७६०
गल्कोट नगरपालिका८,४९२
बुढीगंगा गाउँपालिका७,४३१
गोकर्णेश्वर नगरपालिका७,०२८
गल्छी गाउँपालिका५,८९१
खजुरा गाउँपालिका५,७७९
मिक्लाजुङ नगरपालिका५,७२४
पुनर्वास नगरपालीका५,०१२
भिमेश्वर नगरपालिका४,०५८
सरुमारानी गाउँपालिका३,९११
म्याङलुङ नगरपालिका३,६७२
लिसंखुपाखर गाउँपालिका२,६९४
सुर्योदय न.पा.२,१८९
भिमाद नगरपालिका२,१८६
सुन्दरहरैचा नगरपालिका१,४००
कोटहिमाई गाउपालिका१,३९९
छथर गाउँपालिका१,१२४
साँघुरीगढी गाउँपालिका८९५
चौविसे गाउँपालिका८३८
गुल्मी दरवार गाउँपालिका३२७
जम्मा बक्यौता६०८९४००३१६

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन १७, २०८१  १९:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu