site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
मिलानसँग रियाल पराजित, आर्सनलविरुद्ध लिभरपुल विजयी

काठमाडौं । प्रि–सिजन तयारीमा रहेको स्पेनिस क्लब रियाल मड्रिडले इटालियन क्लब एसी मिलानसँग १–० को हार व्यहोरेको छ । बुधबार राति अमेरिकास्थित सोल्जर फिल्डमा मिलानलाई जित दिलाउन एक मात्र गोल स्यामुयल चुक्वेजले गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । चुक्वेजले ५५औँ मिनेटमा गोल गर्दै मिलानलाई अग्रतामा राखेका थिए ।

रियालले अब अगस्ट ४ मा अर्को स्पेनिस क्लब बार्सिलोनासँग प्रतिस्पर्धा गर्नेछ । रियालले अगस्ट ७ मा इंग्लिस क्लब चेल्सीको सामना गर्नेछ । यस्तै, मिलानले अगस्ट ७ मा बार्सिलोनाविरुद्ध खेल्नेछ ।

लिभरपुल २–१ आर्सनल
बुधबार नै भएको अर्को क्लब मैत्रीपूर्ण खेलमा आर्सनलविरुद्ध लिभरपुलले २–१ को जित निकाल्यो । लिभरपुलको जितमा मोहम्मद सालाह र फाबियन कार्भाल्होले गोल गरे । आर्सनलका काई हाभार्ड्जले एक गोल फर्काएका थिए ।

मैत्रीपूर्ण फुटबलमा आर्सनलले अब जर्मन क्लब बायर लेभरकुजेनविरुद्ध अगस्ट ७ मा प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति: बिहीबार, साउन १७, २०८१  १०:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro