site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काभा महिला नेसन्स लिग : श्रीलंकासँग खेल्दै नेपाल
रुसी टिमविरुद्ध मैत्रीपूर्ण भलिबलका क्रममा नेपाली खेलाडी । फाइल तस्बिर ।

काठमाडौं । काभा महिला नेसन्स भलिबल लिगको उद्घाटन खेलमा घरेलु टिम नेपालले आज श्रीलंकाको सामना गर्दै छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) परिसरको कभर्डहलमा दिउँसो ३ः१५ बजे खेल सुरु हुनेछ ।

एक सातासम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल र श्रीलंकासहित इरान, भारत र माल्दिभ्सले प्रतिस्पर्धा गर्दै छन् । आजै हुने अर्को खेलमा भारत र इरान प्रतिस्पर्धामा उत्रनेछन् ।

प्रतियोगिताको तयारीका निम्ति नेपालले यसअघि रुसी टिमसँग दुई मैत्रीपूर्ण भलिबल खेलेको थियो । तर, उक्त दुवै खेलमा नेपाल सोझो सेटमा पराजित भएको थियो ।

आज नेपाली टिम अरुणा शाहीको कप्तानीमा कोर्टमा उत्रनेछ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन १७, २०८१  ०९:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro