site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रधानमन्त्रीको सरकारी निवासमा पार्टीका बैठक नराख्ने ओलीको प्रतिबद्धता 
फाइल तस्बिर । 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका बैठक सरकारी निवास बालुवाटारमा नराख्ने बताएका छन् । जनताबाट आएको सुझाव मनन गर्दै सरकारी निवासमा पार्टी बैठक नराख्ने निर्णय गरेको उनले बताएका छन् । 

त्यसैले आजको सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा डुबानका कारण राख्न सम्भव नभएकाले होटेलमा बस्ने उनले स्पष्ट पारेका छन् । 

Argakhachi Cement Island Ad

“मेरो स्वास्थ्य अवस्थाले साथ दिएसम्म सरकारी निवास बालुवाटारमा पार्टीको बैठक नराख्ने जानकारी गराउँछु,” एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली सामाजिक सञ्जाल फेसबुकमा लेख्छन्, “आज हाम्रो पार्टीको सचिवालय बैठक छ । मनोहरा खोलामा आएको बाढीको डुबानले बैठक पार्टी कार्यालयमा बस्न नसक्ने भएका कारण यसपटक बैठक अन्यत्र राखिएको छ ।” 

एमाले सचिवालय बैठक आज होटेल बसेरामा बस्दै छ । 
 

प्रकाशित मिति: बिहीबार, साउन १७, २०८१  ०८:२८
प्रतिक्रिया दिनुहोस्