site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
शान्तिश्री परियारले गल्ती स्वीकार गर्दै मागिन् माफी

काठमाडौं । गायिका शान्तिश्री परियारले आफूले गाएको गीतले दर्शकको मनमा ठेस पुगेको भन्दै माफी मागेकी छन् । उनले गाएका केही गीतको चौतर्फी आलोचना भएपछि उनले माफी मागेकी हुन् । 

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको केन्द्रीय सदस्य समेत रहेकी उनले संस्था र दर्शक दुवैको हितविपरीत रहेको भन्दै विज्ञप्ति जारी गर्दै माफी मागेकी हुन् । 

Dabur Nepal
NIC Asia

‘बिस्ताराले पोल्यो’ गीत गाएर आफूले गल्ती गरेको उनले स्वीकार गरेकी छन्  । गीतको भिडियोको केही दृष्यांशहरूको कारण दर्शक, स्रोताको मनोभावना तथा सामाजिक परिप्रेक्षमा नकारात्मक असर परेको उनले बताएकी छन् । 

तिजका अश्लील र अपाच्य गीत रोक्न सरकारलाई प्रतिष्ठानको आग्रह

“सामाजिक संजालहरूमा धेरै नकारात्मक टिकाटिप्पणी आइरहेको हुँदा म लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको केन्द्रीय सदस्यको नाताले मसँग सम्बन्धित गीतले प्रतिष्ठानको प्रतिष्ठाप्रति र शुभचिन्तकहरूप्रति आँच पुग्न गएको आभास भएकाले  क्षमाप्रार्थी छु,” उनले भनेकी छन् । 

तिजका गीतका नाममा भद्दा मजाक गर्दै लोकप्रिय कलाकार

आगामी दिनमा शब्द संगीत छनोट गरी गाउने पनि उनले प्रतिबद्धता जनाएकी छन् । 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन १६, २०८१  १५:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro