site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हमासका नेताको हत्यामा रुस र टर्कीको निन्दा, युद्ध क्षेत्रीय रूपमा फैलिने खतरा

मस्को । हमासका नेता इस्माइल हानियाको इरानमा भएको हत्याबारे रुस र टर्कीले निन्दा गरेका छन् ।  

रुसको विदेश मन्त्रालयले राजनीतिक हत्या पूर्ण रूपमा अस्वीकार्य भएको जनाएको छ । रुसका उपविदेशमन्त्री मिखाइल बोग्दानोभले हमासका नेताको हत्याले तनाव अझ फैलिन सक्ने जनाएका छन् ।

यस्तै, टर्कीको विदेश मन्त्रालयले समेत तेहरानमा हमासका नेताको हत्या लज्जाजनक भएको जनाउँदै यो आक्रमणले गाजा क्षेत्रको युद्धलाई क्षेत्रीय रूपमा फैलाउन सक्ने जनाएको छ ।

प्यालेस्टाइन राष्ट्रपति मोहम्मद अब्बासले सो हत्यालाई कायरतापूर्ण र खतरनाक विकास भएको जनाएका छन् । 

घटनाका सम्बन्धमा इजरायलले भने औपचारिक रूपमा केही पनि बोलेको छैन । यद्यपि, इजरायली हेरिटेजमन्त्री अमिचाय इलियाहुले एक्समा हमासका नेताको हत्याले विश्वलाई अझ राम्रो स्थान बनाउने जनाएका छन् ।

हमासका नेताको हत्याले मध्यपूर्वलाई नै युद्धको नजिक पुर्‍याएको जर्जटाउन विश्वविद्यालयमा मिडल इस्टर्न स्टडीजका प्राध्यापक नादीर हासेमीले बताएका छन् । बीबीसी

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन १६, २०८१  १२:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro