राजनीति
काठमाडौं । कृषि, सहकारी तथा प्राकृतिक स्रोतसाधन संसदीय समितिको सभापति पदका लागि सत्तागठबन्धनबाट नेपाली कांग्रेसका सांसदले उमेदवारी दर्ता गराएका छन् ।
सोमबार कांग्रेस सांसद कुसुम थापाले सभापति पदमा उमेदवारी दर्ता गराएकी हुन् । थापाको पक्षमा कांग्रेस सांसद बीरबहादुर बलायर प्रस्तावक र नेकपा (एमाले)का सांसद सूर्यप्रसाद ढकालले समर्थन गरेका छन् ।
यसअघि सभापति रहेकी आरजू राणा देउवा मन्त्री बनेपछि उक्त पद खाली थियो । सो पदमा भोलि (मंगलबार) निर्वाचन हुँदै छ ।
प्रकाशित मिति: सोमबार, साउन १४, २०८१ १५:२३
प्रतिक्रिया दिनुहोस्