अर्थ व्यवसाय
काठमाडौं । सेयर बजार खुल्नुभन्दा १० मिनेटअगाडि खुल्ने प्रि–ओपनिङ सेसनमा सोमबार नेप्से परिसूचक २५.१६ अंकले बढेको छ । उक्त अवधिमा तीन करोड ३५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
८१ कम्पनीको सेयर मूल्य बढेको छ । १४ वटाका सेयर मूल्य घटेको छ । १७ कम्पनीको सेयर मूल्य स्थिर देखिएको छ । प्रिओपनिङ सेसनमा माइक्रोफाइनान्स र बैंक समूहको परिसूचक बढेको छ ।
नियमित कारोबार भने बिहान ११ देखि दिउँसो ३ बजेसम्म हुनेछ । आइतबार (हिजो) दुईपटक बजारमा सकारात्मक ‘सर्किट ब्रेक’ लागेको थियो ।
प्रकाशित मिति: सोमबार, साउन १४, २०८१ ११:०६
प्रतिक्रिया दिनुहोस्