site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपालका कारागारमा १२ देशका कैदीबन्दी : सबैभन्दा बढी भारतीय, त्यसपछि भुटानी 
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपालका कारागारमा १२ देशका १ हजार ४३२ जना कैदीबन्दी छन् । 

कारागार व्यवस्थापन विभागका अनुसार २०८१ असार मसान्तसम्मको अवधिमा उक्त संख्यामा कैदीबन्दी नेपालका कारागारमा रहेका हुन् । 

“नेपालमा कारागारमा रहेका विदेशी कैदीबन्दीमा सबैभन्दा ठूलो संख्या भारतीयको छ । दोस्रो ठूलो संख्या भुटानीको छ,” गृह मन्त्रालय अन्तर्गतको कारागार व्यवस्थापना विभागका निर्देशक तथा प्रवक्ता कमलप्रसाद पाण्डेले बाह्रखरीसँग भने । 

नेपालका कारागारहरुमा भारत, भुटान, चीन, अमेरिका, क्यानडा, जर्मनी, म्यानमार, पाकिस्तान, बोलिभिया, जाम्बीया, सर्विया र बंगलादेशका नागरिकहरु छन् । 

विभागको तथ्याङ्क अनुसार भारतका १३७८, भुटानका ३३, चीनका ८, म्यानमारका २, पाकिस्तानका ३, क्यानडाका २ र बोलिभिया, जाम्बिया, सर्विया, बंगलादेश र अमेरिकाका एक÷एक जना नागरिक नेपालका कारागारमा छन् । 

नेपालका कारागारामा रहेका विदेशी कैदीबन्दीमध्ये ९६.२२ प्रतिशत भारतीय छन् । झापाको कारागारमा ९१, सुनसरीको झुम्का कारागारमा ५५, मोरङमा ६०, सम्पतरीको कारागारमा २३, सिराहाको कारागारमा १३ र महोत्तरीको कारागारमा ३५ जना भारतीय छन् । 

यस्तै, सर्लाहीको कारागारमा १८, रौतहटको कारागारमा १७, पर्साको कारागारमा २०१, सिन्धुलीको कारागारमा २५, रामेछापको कारागारमा ९, धादिङको कारागारमा ७, काभ्रेको धुलिखेलमा ३, काठमाडौंको डिल्लीबजार कारागारमा २४, काठमाडौंको जग्न्नाथदेवल कारागारमा २९४, ललितपुरको नख्खु कारागारमा ८८, चितवनको कारागारमा १३, मकवानपुरको भीमफेदी कारागारामा ७२, कास्कीको कारागारमा १४, तनहुँको दमौलीस्थित कारागारमा ३ र नवलपरासी पश्चिमको कारागारमा ३६ जना भारतीय कैदीबन्दी छन् ।

पाल्पाको कारागारमा ५, कविलवस्तुको कारागारमा २५, रुपन्देहीको कारागारमा ३७, दाङको तुलसिपुरस्थित कारागारमा १३, दाङको घोराही कारागारमा ७, बाँकेको नेपालगन्जस्थित कारागारमा ६४, बाँकेको नौवस्ता कारागारमा ३२, बर्दियाको कारागारमा १५, सुर्खेतको कारागारमा ४, दैलेखको कारागारमा २, कैलालीको कारागारामा १६, डडेलधुराको कारगारामा ८ र कञ्चनपुरको कारागारमा २७ जना भारतीय रहेको विभागको तथ्याङ्कले देखाउँछ । 

“भारतसँग खुला सीमा भएका कारण नेपालमा विदेशी कैदीबन्दीमा सबैभन्दा ठूलो संख्या भारतीयको देखिएको हो,” विभागका प्रवक्ता पाण्डेले भने, “कारागारका रहेका धेरैजसो भारतीयहरु चोरी, लागूऔषध ओसार–पसारलगायतका मुद्दामा परेका हुन् ।” 

कैद सजाय पुरा गरिसकेपछि विदेशीहरुलाई उनीहरुकै देश पठाउने गरिन्छ । 

नेपालका कारागारमा साढे २८ हजारभन्दा बढी कैदीबन्दी

नेपालका कारगारमा कुल २८ हजार ६१३ जना कैदीबन्दी रहेका छन् । २०८१ असार मसान्तसम्मको तथ्याङ्क अनुसार नेपालका कारागारमा १ हजार ४३२ जना विदेशी र २७ हजार १८१ जना नेपाली कैदीबन्दी छन् ।
 
कुल कैदीबन्दीमध्ये ५ प्रतिशत संख्या विदेशीको रहेको छ । नेपालमा रहेका कैदीबन्दीमध्ये २६ हजार ९६६ जना पुरुष र १ हजार ६४७ जना महिला छन् । 

विभागका अनुसार, कारागारमा रहेका कैदीको संख्या १७ हजार ६९० छ, जसमा पुरुष १६ हजार ७२२ र महिला ९६८ छन् । यस्तै, कारागारमा रहेका कुल थुनुवाको संख्या १० हजार ९२३ छ, जसमा पुरुष १० हजार २४४ र महिला ६६९ छन् । 

नेपालका कारागारमा ६५ वर्षमाथिका कैदीबन्दीको संख्या ६१८ छ । आश्रित बालबालिकाको संख्या ७६ छ । देशका विभिन्न स्थानमा रहेका बाल सुधार गृहमा १ हजार २९४ बालबालिका रहेको विभागको तथ्याङ्कले देखाउँछ । कैद बालबालिकाको संख्या ८१७ र थुनुवा बालबालिकाको संख्या ४७७ रहेको छ । 

कैदी बालबालिकामध्ये ७९१ जना बालक र २६ जना बालिका छन् । थुनुवा बालबालिकामा ४६३ जना बालक र १४ जना बालिका छन् ।  
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन १४, २०८१  ०९:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro