site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘ह्रस्व दीर्घ’को पोस्टरको केन्द्रमा हरिहर

काठमाडौं । चलचित्र ‘ह्रस्व दीर्घ’को नयाँ पोस्टर सार्वजनिक भएको छ । आइतबार सार्वजनिक पोस्टरमा अभिनेता हरिहर अधिकारीलाई एंग्री योङम्यानको रूपमा प्रस्तुत गरिएको छ ।

असोज ३ गते संविधान दिवसको अवसर पारेर प्रदर्शनको तयारीमा रहेको चलचित्रलाई चन्द्र पन्तले निर्देशन गरेका छन् ।

सार्वजनिक पोस्टरमा हरिहरसँगै कवीर सिंह दुहान, प्रदीप रावत, सुनिल वर्मा र प्रशान्त ताम्राकार फिचर्ड छन् । केही दिनमा सिनेमाको टिजर सार्वजनिक गर्ने तयारीमा निर्माणपक्ष छ । 

नीता फिल्मसको  प्रस्तुतिमा निर्माण भएको चलचित्रका कार्यकारी निर्माता धनन्जय गलानी हुन् । 

चलचित्रमा नीता ढुंगाना, ब्रह्मानन्दम, अली, सञ्चिता लुईंटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ, किरण केसीलगायत कलाकारको अभिनय छ ।

अभिनेता हरिहर अधिकारीको कथा र प्रतीक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको सिनेमालाई बलिउडका चर्चित सिनेमेटोग्राफर कवीरलालले खिचेका हुन् । 

चलचित्र नेपाली, तेलुगु र हिन्दी गरी तीन भाषामा रिलिज हुनेछ । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन १४, २०८१  ०५:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro