site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
राजकिशोर यादवको प्रश्न– जहाज दुर्घटना कि हत्या, मृत्युमा पनि विभेद ?
फाइल तस्बिर ।

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसद राजकिशोर यादवले सौर्य एयरको विमान दुर्घटनाबारे गम्भीर प्रश्न उठाएका छन् । उनले आज प्रतिनिधिसभा बैठकमा 'जहाज दुर्घटना हो कि हत्या ?' भन्दै प्रश्न गरे । 

“दुर्घटना हो कि हत्या हो ? त्यो दुर्घटना सामान्य होइन ।  'सी' चेकका लागि काठमाडौंमा नै व्यवस्था भएको भए सायद दुर्घटना हुँदैनथ्यो होला । 'सी' चेकका लागि जाने जहाजमा पाइलट, कोपाइलट र प्राविधिक इन्जिनियरबाहेक अनबोर्ड गर्न पाइँदैन । त्यसमा १९ जना कसरी अनबोर्ड भयो ? त्यसको जिम्मेवारी कसले लिने ?,” उनले प्रश्न गरे ।

Dabur Nepal
NIC Asia

उनले विमानमा असम्बन्धित क्षेत्रका महिला, बच्चा र आईटी इन्जिनियर रहेकोप्रति पनि प्रश्न गरे ।

यादवले नेपालको आकाश सुरक्षित बनाउन राज्य जिम्मेवार बन्नुपर्ने बताए । उनले प्राधिकरण विधेयक मन्त्रिपरिषद्‌मा लुकाइएको भन्दै आपत्ति जनाए ।

अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सभापतिसमेत रहेका यादवले 'मृत्युमा पनि वर्गीय विभेद' भएको भन्दै आपत्ति जनाए । 

“मृत्युमा पनि वर्गीय विभेद । बसमा दुर्घटना भएर मृत्यु हुनेको राज्यबाट बेवास्ता  । तर, हवाइ जहाज दुर्घटनामा हुने खाने वर्गको मृत्यु हुँदा आधा झन्डा झुकाइएको, शोक मनाएको स्थिति छ । जनमानसमा नकारात्मक विमर्शको उठान भएको छ,” यादवले भने । उनले भविष्यमा यस्तो विभेद नगर्नसमेत आग्रह गरे ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन १३, २०८१  १६:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro