site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
खान युनिस खाली गर्न इजरायली सेनाको आदेश

गाजा । गएको बुधबार पाँच इजरायलीको शव बरामद गरेसँगै इजरायलको सेनाले शनिबार दक्षिणी गाजाको खान युनिस सहरका बासिन्दालाई उक्त स्थान खाली गर्न आदेश जारी गरेको छ ।

इजरायली सेनाले गएको सोमबारदेखि यो क्षेत्रमा कारबाही सुरु गरेदेखि  लडाइँका कारण एक लाख ८० हजारभन्दा बढी प्यालेस्टाइनी विस्थापित भएका संयुक्त राष्ट्रसंघले जनाएको छ ।

प्यालेस्टाइनी क्षेत्रमा बिग्रँदो स्वास्थ्य र सरसफाइको अवस्था रिपोर्ट गर्दै राष्ट्रसंघले बढ्दो द्वन्द्व र बारम्बारको निकासीले सहायता कार्यलाई अस्थिर बनाएको उल्लेख गरेको छ ।

सोमबार खान युनिसमा इजरायली कारबाहीमा ७० जनाको मृत्यु हुनुका साथै २०० भन्दा बढी मानिस घाइते भएका त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सुरुआती समयमा तीव्र लडाइँ भएको त्यस क्षेत्रबाट इजरायलतर्फ रकेट फायर रोक्ने कार्य गर्ने जनाउँदै सेनाले निकासी आदेश दिएको हो । खान युनिसका बासिन्दालाई अल–मवासीको समायोजित मानवीय क्षेत्र खाली गर्न इजरायली सेनाले दिएको यो दोस्रो आदेश हो ।  

प्रत्यक्षदर्शी र उद्धारकर्ताले शुक्रबार पूर्वी खान युनिस वरपर लडाइँ जारी रहेको र सहरको नासेर अस्पतालमा चिकित्सकले दक्षिणी प्रान्तका विभिन्न भागबाट कम्तीमा १६ जनाको शव उद्धार गरेको बताएका छन् । रासस/एएफपी

प्रकाशित मिति: शनिबार, साउन १२, २०८१  १८:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro