site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
अपार्टमेन्टमा रवाफी शैलीमा बसेका रामशरणको ‘ठगी धन्दा’
SkywellSkywell

काठमाडौं । गोरखा सिरानचोक गाउँपालिका–२ का ३६ वर्षीय रामशरण बस्नेत लाजिम्पाटको एक अपार्टमेन्टमा बस्छन् । ८० लाख रुपैयाँमा अपार्टमेन्टको ब्लक–५ को फ्ल्याट खरिद गरेर बसेका बस्नेतको जीवनशैली लोभलाग्दो रहेको प्रहरी बताउँछ ।

गोरखाको सामान्य परिवारमा जन्मिएका बस्नेतले छोटो समयमै गरेको आर्थिक प्रगतिले गाउँभरि चर्चा पाउँथ्यो । उनी गाउँ जाँदा नयाँ कार फेर्दै पुग्थे ।

हरेक दिन काठमाडौंको दरबारमार्गक्षेत्रमा भेटिने बस्नेतले त्यसरी अपार्टमेन्टमा बस्ने र नयाँ–नयाँ कार चढ्ने आर्थिक हैसियत भने कुनै वैध व्यापार–व्यवसाय गरेर बनाएका होइनन् ।  बस्नेतले मानिसहरूलाई प्रभाव र प्रालोभनमा पारेर रकम उठाउने र ठगी धन्दा चलाएर गाडीदेखि अपार्टमेन्टसम्म खरिद गरेको खुलेको हो ।

Dabur Nepal
NIC Asia

बैंकिङ कसूरको आरोपमा बस्तेन पक्राउ परेपछि उनको कर्तुत खुलेको हो । 

प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालय ललितपुरको टोलीले बस्नेतलाई साउन ८ गते ललितपुरको नख्खुबाट पक्राउ गरेको छ । 

प्रहरीको अनुसन्धानका क्रममा उनी ‘पटके ठग’ रहेको खुलेको छ । बस्तेनमाथि प्रहरीले थप अनुसन्धान भइरहेको उपत्यका प्रहरी कार्यालयका एसपी काजीकुमार आचार्यले जानकारी दिए । आचार्यका अनुसार, उनी आठवटा बैकिङ कसूर ठहर भएका व्यक्ति हुन् ।  बस्नेतले ललितपुरका पूर्णबहादुर बलामीसँग २०७८ मै जग्गाको मिलाई दिने भन्दै २४ लाख रुपैयाँ लिएका थिए ।

तर, लामो समयसम्म जग्गा उपलब्ध नगराएपछि बस्नेतले बलामीलाई चेक उपलब्ध गराए ।  तर, बैंकमा मौज्दात रकम नभएको चेक उपलब्ध गराएको भन्दै बलामीले बस्नेतले दिएको चेक सम्बन्धित बैंकमार्फत बाउन्स गराए ।

तर, उनी बलामीको सम्पर्कमा आएनन् । बस्नेतको खोजी गर्दा गर्दा नभेटेपछि उनी न्यायका लागि उच्च अदालत पाटन पुगे । अदालतले २०७८ पुस १९ मा बस्नेतलाई कसुर ठहर गर्दै पाँच लाख ६५ हजार २०० रुपैँयाँ जरिवाना र २४ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गर्‍यो ।

तर, बस्नेतले क्षतिपूर्ति र जरिवाना दुबै नतिरी फरार भइरहे । २०७८ पुसमै छविलाल काफ्ले समेत उनीविरुद्ध उच्चअदाल पाटन पुगे । काफ्लेबाट बस्नेतले चार लाख रुपैयाँ लिएका थिए । अदालतले काफ्लेको पक्षमा फेसला गर्दै एक लाख जरिवाना र चार लाख क्षतिपूर्तिको फैसला ग¥यो । तर, बस्नेत फरार नै बसे ।

प्रहरीका अनुसार, काफ्ले र बलामीको जस्तै ठगी गरेका सन्तोष श्रेष्ठको सात लाख ७८ हजार, डिल्लीराम अधिकारीको आठ लाख, गंगाप्रसाद पुडासैनीको ७ लाख, रेणु नगरकोटीको सातलाख, दिपक लामिछानको ६ लाखसहित जना पीडितबाट ३३ लाख ३१ हजार ठगी गरेका थिए ।

आठवटै मुद्दामा विभिन्न मितिमा उनी बैंकिङ कसूर ठहर भइसकेका छन् । तर, उनी पक्राउबाट जोगिँदै आएका थिए । बिहीबार भने बस्नेतलाई पक्राउ गर्न प्रहरी सफल भएको हो ।

चारवटा उजुरीबारे अनुसन्धान गर्दै प्रहरी

आठवटा बैकिङ कसुरमा ठहर भएका बस्नेतविरुद्ध थप चार वटा उजुरी काठमाडौं प्रहरी परिसरमा परेको खुलेको छ । ठगी तथा बैंकिङ कसुरकै मुद्दा काठमाडौं प्रहरीमा परेको खुलेको हो ।  काठमाडौं प्रहरीका अनुसार करिब एक करोड रुपैयाँ ठगी गरेको उजुरी बस्नेतमाथि छ ।

काठमाडौं प्रहरीले बस्नेत पटके ठग भएको र अन्य व्यक्तिसमेत पीडित हुनसक्ने आशंका गरेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन १०, २०८१  १५:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu