site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
प्यालेस्टाइन समूहको सहमतिपछि युक्रेनका विदेशमन्त्रीलाई पनि चीनले निम्त्यायो

बेइजिङ । प्यालेस्टाइनका १४ समूहलाई बेइजिङमा बोलाएर आपसमा मिल्ने सहमति गराएको चीनले फेरि युक्रेनका विदेशमन्त्री डिमिट्रो कुलेबालाई समेत चीन भ्रमणमा बोलाएर कुराकानी गरेको छ ।

युक्रेनका विदेशमन्त्रीले यसअघि रुसले आफ्नो देशमा आक्रमण गरेपछि चीन भ्रमण गरेका थिएनन् ।

यी दुवै भूमिकालाई लिएर चीनले विश्वमा पिस ब्रोकरको भूमिका खेल्न खोजेको रूपमा अन्तर्राष्ट्रिय जगतले औंल्याएको छ । चीनले आपसमा सहमति गराएका प्यालेस्टाइन समूहमा हमास र फटाह पनि छन् । 

ती दुवै संगठन प्रतिद्वन्द्वीको अवस्थामा थिए । अहिले विश्वमा सबैभन्दा तनावको विषय रुस–युक्रेन युद्ध र गाजा क्षेत्र मानिदै आएको छ । 

दुवैमा चीनले यसपटक हात हालेको छ । यसअघि यस्ता काम अमेरिकाले गर्दै आएको थियो । चीनले अहिले विश्वमामिलामा  आफूलाई अमेरिकाको विकल्पको रूपमा उभ्याउन खोजेको देखिएको छ ।

पश्चिमा जगतले यसअघि मस्कोलाई रुसले सहयोग गरिरहेकोले युक्रेन युद्ध चर्किएको आरोप लगाइरहेको बेलामा चीनले युक्रेनका विदेशमन्त्रीलाई निम्त्याएको हो । दुवै भेटघाटमा चिनियाँ विदेशमन्त्री वाङ यीको सक्रियता देखिएको छ ।

युक्रेनका विदेशमन्त्री कुलेबासँगको भेटपछि वाङले भनेका छन्, “शान्तिका लागि हुने प्रयासमा बेइजिङले समर्थन गर्नेछ ।”

चीनको रुससँग राम्रो सम्बन्ध हुँदाहुँदै पनि आफूलाई उसले निष्पक्ष मध्यस्थकर्ताको भूमिका निर्वाह गर्न खोजेको पाइएको छ ।सीएनएन

प्रकाशित मिति: बिहीबार, साउन १०, २०८१  १३:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro