site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
गाजामा बन्धक बनाइएका पाँचजनाको शव फेला

जेरुसेलम । इजरायली सेनाले गाजापट्टीमा बन्धक बनाइएका पाँचजनाको शव बिहीबार फेला पारेको बताएको छ ।

अक्टोबर ७ मा दक्षिणी इजरायलमा हमासको आक्रमणका क्रममा गाजापट्टीमा बन्धक बनाइएका उनीहरूको शव फेला पारेको बताइएको हो । 

सेनाले बन्धक बनाइएका माया गोरेनका साथै सैनिकहरू रविद आर्ये काट्ज, ओरेन गोल्डिन, तोमर अहिमास र किरिल ब्रोडस्कीको शव इजरायललाई फिर्ता गरिएको जनाएको छ ।

गाजापट्टीको मुख्य सहर खान युनिसमा अपरेसनका क्रममा ती शव बुधबार बरामद गरिएको सेनाको भनाइ छ । सेनाले अक्टोबर ७ मा हमास लडाकुहरूले गरेको आक्रमणमा चार सैनिक मारिएको बताएको छ ।

उनलाई अक्टोबर ७ मा अपहरण गरी गाजा लगिएको थियो । डिसेम्बरमा सेनाले गोरेनको मृत्यु भएको घोषणा गरेको थियो । 

दुई इजरायली किबुत्ज, निर ओज र निर यित्ज्याकको फरक फरक बयानमा सेनाले गोरेन र गोल्डिनको शव बरामद गरिएको बताएपछि बिहीबार उक्त घोषणा आएको हो । 

किबुत्ज निर ओजले भने, “हिजो राति सेनाको उद्धार कार्यमा दिवंगत माया गोरेनको शव फेला परेको हामीलाई सूचित गरिएको थियो ।” उनले गोरेनको परिवारलाई सूचित गरिएको र थप जानकारी दिइने बताए । 

पछि अर्को छुट्टै बयानमा किबुत्ज निर यित्ज्याकले सेनाले गोल्डिनको शव फिर्ता गरेको बताए । “आज साँझ किबुत्ज आपत्कालीन टिमका सदस्य दिवंगत ओरेन गोल्डिनको उद्धार कार्यबारे हामीलाई सूचित गरिएको थियो, उनी अक्टोबर ७ मा हमास लडाकुहरूको आक्रमणमा मारिएका थिए ।” रासस/एएफपी

प्रकाशित मिति: बिहीबार, साउन १०, २०८१  १२:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro