site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
पेरिस ओलम्पिकमा देखियो अचम्मको दृष्य, अर्जेन्टिनाको गोल दुई घण्टापछि भारले गर्‍यो रद्द

काठमाडौं । दुई घण्टापछि भिडियो असिस्टेन्ट रेफ्री (भार)ले गोल रद्द गर्दा पेरिस ओलम्पिक, २०२४ को पहिलो खेलमा अर्जेन्टिनाले मोरोक्कोसँग २–१ को हार बेहोरेको छ ।

बुधबार फ्रान्समा भएको खेलमा अर्जेन्टिना २–१ ले पछि परेको अवस्थामा क्रिस्टियन मेडिनाले इन्जुरी समयको गोल गर्दै अर्जेन्टिनालाई २–२ को बराबरीमा फर्काएका थिए । तर, रेफ्रीले दुई घण्टापछि अर्जेन्टिनाको दोस्रो गोल अफसाइट भएको भन्दै खारेज गरेपछि खेल मोरोक्कोले २–१ ले जितेको थियो ।

मेडिनाको गोलपछि मैदानमा समर्थक पस्दा खेल स्थगित भएको थियो । त्यसको दुई घण्टापछि खेल पुनः सुरु भएको हो । खेल पुनः सुरु हुँदा अर्जेन्टिनाको दोस्रो गोल रद्द गरी तीन मिनेट थप खेलाइएको थियो ।

त्यसअघि खेलको इन्जुरी समयमा सौफियने रहिमीले गोल गर्दै मोरोक्कोलाई अग्रतामा राखेका थिए । ५१औँ मिनेटमा पेनाल्टीमार्फत रहिमीले नै गोल गरेपछि मोरोक्कोले अग्रता दोब्बर बनाएको थियो । तर, ६८औँ मिनेटमा गुइलियनो सिमानेले गोल गर्दै अर्जेन्टिनालाई २–१ को अवस्थामा ल्याएका थिए ।

निर्धारित समयपछि रेफ्रीले १५ मिनेटमा इन्जुरी समय थप्दा अर्जेन्टिनाका मेडिनाले बराबरी गोल फर्काएका थिए । तर, भारले दुई घण्टापछि गोल रद्द गर्दा अर्जेन्टिनाले तीन अंक गुमाएको हो । 

दुई घण्टापछि गोल रद्द हुँदा अर्जेन्टिनाका प्रशिक्षक हाभियर मास्चेरानो आक्रोसित बने । “मैले मेरो जिवनमै देखेको यो सबैभन्दा ठूलो सर्कस हो,” खेलपछि अर्जेन्टिनी प्रशिक्षकले भने ।

यस्तै, अर्जेन्टिनाका स्टार लियोनल मेसीले पनि इन्स्टाग्राममा ‘असामान्य’ भएको बताएका छन् ।
 

प्रकाशित मिति: बुधबार, साउन ९, २०८१  २३:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro