site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
पेरिस ओलम्पिक–२०२४ः पुरुष फुटबल आजदेखि

काठमाडौं । पेरिस ओलम्पिक–२०२४ मा आजदेखि पुरुष फुटबलतर्फका खेलहरू सुरू हुँदै छन् । फ्रान्सको पेरिसमा ओलम्पिक जुलाई २६ देखि आधिकारिक रुपमा सुरु हुने भए पनि पुरुष फुटबल भने आजदेखि सुरु हुँदै छ ।

प्रतियोगिताको पहिलो दिन कुल आठ खेल हुने तालिका छ । प्रतियोगितामा आज नेपाली समयअनुसार साँझ ६ः४५ बजेदेखि स्पेनले उज्वेकिस्तान र अर्जेन्टिनाले मोरोक्कोविरुद्ध प्रतिस्पर्धा गर्नेछन् ।

Dabur Nepal
NIC Asia

राति ८ः४५ बजेदेखि न्युजिल्यान्डले गुयना र इजिप्टले डोमिनिक गणतन्त्रविरुद्ध खेल्नेछन् । राति १०ः४५ बजेदेखि इराकले युक्रेन र जापानले पाराग्वेविरुद्ध खेल्ने तालिका छ ।

राति १२ः४५ बजे पनि दुई खेल हुनेछन् । जसमा फ्रान्सले अमेरिका र मालीले इजरायलविरुद्ध खेल्ने छन् ।

प्रतियोगिताको पुरुष फुटबलतर्फ कुल १६ टिमको सहभागिता छ । जसलाई प्रत्येक समूहमा चार टिम रहने गरी चार समूहमा विभाजन गरिएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ९, २०८१  १०:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro