site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
डीएसपीविरुद्धको 'बेनामी' उजुरीले पोखरामा हलचल, क्लब सञ्चालकविरुद्ध व्यवसायी
SkywellSkywell

पोखरा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखरामा दर्ता गरिएको एउटा बेनामे उजुरीपछि वडा प्रहरी कार्यालय बैदामका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजेन्द्र श्रेष्ठको सरुवा गरिएको छ । अवधि नपुग्दै उनको सरुवा गरिएको हो ।

उनीअघिका डीएसपी वेद जोशी पनि मणिपाल अस्पतालमा भएको आन्दोलनका कारण नेकपा (माओवादी केन्द्र)निकट चिकित्सक नेताको कोपभाजनमा परेर सरुवा गरिएका थिए । त्यति बेला गृहमन्त्री नारायणकाजी श्रेष्ठ थिए ।

अहिले गृहमन्त्री रमेश लेखक छन् । उनी गृहमन्त्री बन्नासाथ त्यहाँ प्रहरीको नेतृत्व फेरिएको हो । श्रेष्ठ ०८० असोजमा बैदाममा हाजिर भएका थिए ।

Dabur Nepal
NIC Asia

इन्चार्ज भएर बस्ने प्रहरी अधिकृतको सरुवा एक वर्षमा गर्नुपर्ने प्रहरी नियमावली, २०७१ मा व्यवस्था छ । तर, गृह मन्त्रालयमा नेतृत्व फेरिएपछि हचुवाका भरमा बिनाकारण प्रहरी अधिकृतको सरुवा गर्ने गरिएको छ ।

बैदामका डीएसपी श्रेष्ठलाई क्लब सञ्चालकका कारण त्यहाँबाट हटाइएको चर्चा छ । पोखरास्थित क्लब १६ का बाउन्सरविरुद्ध मुद्दा चलाएपछि त्यसका सञ्चालक ‘डीएसपी नै फेर्छु’ भनेर लागिपरेका थिए ।

गएको असार १५ गते बिहान ग्राहकमाथि कुटपिट गरिएपछि मुस्ताङका रिजन गौतम र पोखरा–१० का विवेक गुरुङलाई पक्रेर वडा प्रहरी कार्यालय बैदामले मुद्दा चलाएको थियो । क्लबका बाउन्सर रहेका उनीहरूले पोखरा–११ मा बस्दै आएका मुस्ताङका २१ वर्षीय आयुष थापामाथि कुटपिट गरेका थिए ।

बाउन्सरविरुद्ध मुद्दा चलाइएपछि क्लबका सञ्चालक रमेश कार्कीले प्रहरी प्रधान कार्यालय र अख्तियारमा उजुरी हालेर डीएसपीको सरुवाका निम्ति ‘लबिङ’ गरेको पोखराका व्यवसायीको आरोप छ । ‘पोखराका पर्यटन व्यवसायी’का नाममा गएको असार २७ गते अख्तियारमा उजुरी दिइएको थियो ।

बैदामका डीएसपीले मासिक रूपमा रकम असुलेको उजुरीमा आरोप लगाइएको छ । उक्त ‘बेनामे’ उजुरी रिसइबीका कारण बदनाम गर्न सोही क्लबले नै दिएको भन्दै डीएसपी श्रेष्ठले खण्डन गरेका थिए ।

त्यो उजुरीबारे पोखरा पर्यटन परिषद्ले विज्ञप्ति निकालेर आरोपको खण्डन गरेको छ । सोमबार पोखराका पर्यटनसम्बद्ध १५ संस्थाले संयुक्त विज्ञप्ति जारी गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

“केही दिन पहिले मात्र वडा प्रहरी कार्यालय बैदामका प्रहरी नायब उपरीक्षक राजेन्द्र श्रेष्ठले पर्यटन व्यवसायीसँग घुस मागेको भनेर पर्यटन व्यवसायीको तर्फबाट आवेदन परेको भन्ने विषयले गम्भीर बनायो । हालसम्म पोखरा पर्यटन परिषद्मा आबद्ध कुनै पनि संस्थामा कुनै पनि सदस्य, व्यवसायीले उहाँले घुस मागेको भनि गुनासो गरेको जानकारीमा नरहेको प्रस्ट पार्न चाहन्छौँ,” विज्ञप्तिमा उल्लेख छ ।

यस्तै, पोखरा पर्यटन परिषद्ले अमूर्त रूपले पर्यटन व्यवसायीको हवाला दिएर आफ्नो स्वार्थसिद्ध गर्ने बाटोमा नलाग्न आग्रह गरेको छ । कुनै अमूर्त रूपमा उजुरी दिइएका आधारमा कारबाही गर्न नहुनेमा व्यवसायीले जोड दिएका छन् ।

“कुनै व्यक्तिले आफ्नो स्वार्थका लागि अमूर्त स्रोतको आधारमा दिएको निवेदनलाई नै आधार मानी कसैलाई कारबाही गर्दा भविष्यमा इमानदारीका साथ काम गर्ने व्यक्तिको मनोबल नगिरोस् भन्नेमा हामी सबै सचेत हुनुपर्छ भन्ने विषयलाई उठान गर्न चाहन्छौँ,” विज्ञप्तिमा भनिएको छ ।

व्यवसायीले विज्ञप्ति जिल्ला प्रशासन कार्यालय र प्रदेश प्रहरी कार्यालयमा पनि बुझाएका छन् ।

यही साउन ४ गते नेपाल प्रहरी प्रधान कार्यालय, राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखा नक्सालमा श्रेष्ठको काज सरुवा गरिएको छ । सरुवा गरिएका डीसपी श्रेष्ठले संगठनले खटाएको ठाउँमा जाने र विधिका आधारमा काम गर्ने बताए । उनको ठाउँमा सन्तोष निरौलालाई पठाइएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ९, २०८१  ०८:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu