site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
लागुऔषध सेवन गरेर कार चलाउँदा दुर्घटना, तीन पैदलयात्रु घाइते

काठमाडौं । लागुऔषध सेवन गरी दुर्घटना गराएको भन्दै एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सोमबार बेलुका काठमाडौं महानगरपालिका–१४ कुलेश्वरमा कालीमाटीदेखि कुलेश्वरतर्फ जाँदै गरेको कारले दुर्घटना गराउँदा तीन जना घाइते भएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार भुपेन्द्र श्रेष्ठले लागुऔषध प्रयोग गरेर चलाएको बा१९व ५११६ नम्बरको कारले सोही सडकको दाँया ‘साइड’को सडकपेटीको भागमा पैदल हिँड्दै गरेका तीन जनालाई ठक्कर दिएको थियो । तीनै जना पैदलयात्रुलाई उद्धार गरी बल्खुस्थित बयोधा अस्पताल पठाइएको छ ।  

श्रेष्ठको साथबाट लागुऔषधजन्य पदार्थ र कारसमेत नियन्त्रणमा लिइ प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

उनका अनुसार कारको ठक्करबाट घाइते हुनेमा भारत घर भई काठमाडौं बस्ने १८ वर्षीय प्रियन्सु कुमार, भारत घर भएका अर्का २५ वर्षीय भोलाकुमार र काठमाडौं बस्ने १९ वर्षीय श्यामबाबु ठाकुर छन् । रासस

प्रकाशित मिति: मंगलबार, साउन ८, २०८१  २१:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro