site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
लामिन यमल : युरोअघि स्टार, पछि सुपरस्टार

काठमाडौं । पेलेको ६६ वर्षीय पुरानो कीर्तिमान तोड्नु, मेसी र रोनाल्डोको जस्तै सफलता ‘टीनएज’ मा पाउनु धेरैको सपनामात्र हुन्छ । लामिन यमलले गत वर्ष फुटबलसँग नाता सुरु गरेभन्दा गलत नहोला । आइतबार उनी युरोपियन च्याम्पियनसिप वा विश्वकपको उपाधि जित्ने सबैभन्दा कम उमेरको फुटबलर बने । युरो–२०२४ को फाइनलमा मैदान उत्रिँदा यमल १७ वर्ष एक दिनका मात्र थिए ।

फाइनलमा फ्रान्सलाई हराउँदा यमलकै असिस्ट रह्यो । बार्सिलोनाका विंगर यमलले पहिलो गोलका लागि निको विलियम्सलाई बल मिलाए । स्पेनले २–१ को जितसहित १२ वर्षपछि युरो जित्यो । 

युरो–२०२४ मा गोल र त्यसको अवसरसँग यमलभन्दा अरु खेलाडी नजिक रहन सकेनन् । यमलले प्रतियोगिताभर एक गोल र चार असिस्ट गरे । सन् १९८० देखि युरोमा योभन्दा धेरै अवसर अहिलेसम्म सिर्जना भएको छैन । क्वार्टरफाइनल, सेमिफाइनल र फाइनलमा पनि गोल वा गोलको अवसर सिर्जना एकै व्यक्तिले यसअघि गरेका थिएनन् । यसमा पनि यमल पहिलो बने । 

Dabur Nepal
NIC Asia

यिनै तथ्यांकले यमल युरो–२०२४ को ‘टिम अफ द टुर्नामेन्ट’ मा पनि मनोनीत भए । “म धेरै खुसी छु, यो एउटा सपना हो अनि मेरो जन्मदिनको सबैभन्दा ठूलो उपहार हो,” युरोको उपाधिपछि यमलले भने ।

Yamal-(6)-1721292903.jpg
 

इंग्ल्यान्डका पूर्वरक्षक रियो फर्डिनान्डले यी युवा खेलाडीलाई ‘सनसनी’ र ‘उच्चस्तरीय’ बताउन कुनै संकोच गरेनन् । “यो प्रतियोगिताअघि उनी स्टार थिए । तर, अहिले सुपरस्टार भएका छन्,” यमलबारे फर्डिनान्डले भने ।

पछिल्लो केही हप्तामै यमल युरो–२०२४ को चर्चा केन्द्र रहे । उनी युरो खेल्ने सबैभन्दा कान्छो खेलाडी बने । त्यतिमात्र होइन युरोमा असिस्ट र गोल गर्ने सबैभन्दा कान्छो खेलाडी बने । 

उनी क्षमता भएका खेलाडीमात्र होइनन् । अहिले विश्वकै उत्साहित खेलाडीमध्ये पनि यमलको नाम जोडिन्छ । 

यमलका बारेमा स्पेनका पूर्वमिडफिल्डर जुआन मार्टा भन्छन्, “केही समयअघि मसँग बार्सिलोनाका पूर्वप्रशिक्षक जाभीले यमलजस्तो प्रतिभा भएको खेलाडी नदेखेको बताएका थिए ।”

जाभी तीनै खेलाडी हुन्, जसले बार्सिलोनाबाट मेसीसँग एकसाथ खेलेका थिए । “मलाई खेलाडीबीच तुलना गर्न वा कसैको तुलना मेसीसँग गर्न मन लाग्दैन । तर, मलाई लाग्छ यो केटाको लागि आकाश पनि सीमित छ,” मार्टा थप्छन् ।

किन विशेष छन् यमल ?

१७ वर्ष पुग्नुभन्दाअघि नै यमलले बार्सिलोनाबाट ५१ खेल खेलिसके । उनले क्याटालन क्लबबाट सात गोल गर्दा असिस्ट पनि सात नै गरेका छन् । स्पेनबाट १४ खेल खेलेका छन् । यसमा तीन गोल गर्दा सात असिस्ट यमलको नाममा छ । 

Yamal-(9)-1721292904.jpg
 

यसको तुलना यस पुस्ताकै सबैभन्दा उत्कृष्ट दुई खेलाडी अर्जेन्टिनाका मेसी र पोर्चुगलका क्रिस्टियानो रोनाल्डोसँग गर्ने हो भने, यी दुवै खेलाडीले १६ वर्षको उमेरमा देश वा क्लबको पहिलो टोलीबाट एक खेल पनि खेलेका थिएनन् ।

मेसी र रोनाल्डोपछि विश्व फुटबलमा उदाउँदो ताराका रूपमा हेरिएको फ्रान्सका किलियन एमबाप्पे र नर्वेका एर्लिङ हाल्यान्डको पनि उमेरअनुसार यमलसँग तुलना हुँदैन । 

एमबाप्पले १७ वर्ष पुग्नुअघि मोनाकोबाट चार खेल खेलेका थिए । यसमा उनले एक असिस्ट गरेका थिए । यही उमेरमा हाल्यान्डले नर्वेकै पहिलो र दोस्रो डिभिजनका क्लबबाट कुल २३ खेल खेलेका थिए । जसमा हाल्यान्डको नाममा एक गोल थियो ।

यमलले सबै प्रतियोगिता १६ वर्षमै पहिलोपटक खेलेका भने होइनन् । बार्सिलोनाबाट ‘डेब्यु’ गर्दा १६ वर्षभन्दा कम उमेरका थिए । बार्सिलोनाबाट उनले १५ वर्ष २९० दिनमा ‘डेब्यु’ गरे । योसँगै यमल ला लिगामा ‘डेब्यु’ गर्ने सबैभन्दा कम उमेरको खेलाडीसमेत बने । सन् २०२३ को अप्रिल २९ मा यमलले रियाल बेटिसविरुद्ध बार्सिलोनाबाट ला लिगाको पहिलो अनुभव लिएका थिए । यमल अन्तिम ६ मिनेट बाँकी रहँदा मैदान प्रवेश गरेको उक्त खेलमा बार्सिलोना ४–० ले विजयी भएको थियो ।

सोही वर्षको अगस्ट २० मा उनले अर्को कीर्तिमान बनाए । कार्डिजविरुद्ध बार्सिलोनाको सुरुआती–११ मै यमलले मौका पाएका थिए । योसँगै यमल सन् १९३९ देखि ला लिगा सुरु भएयता पहिलो रोजाइमा मैदान उत्रिने सबैभन्दा कान्छो खेलाडी बने । त्यसबेला यमलको उमेर १६ वर्ष ३८ दिनमात्र थियो ।

Yamal-(1)-1721292903.jpg
 

त्यसको एक हप्तापछि नै यमल २१औँ शताब्दीमा ला लिगामा असिस्ट गर्ने सबैभन्दा कान्छो खेलाडी बने । बार्सिलोनाले भियारियालविरुद्ध ४–३ को जित निकाल्दा यमलले गाभीलाई गोलको अवसर सिर्जना गरेका थिए । 

२०२३ अक्टोबर ४ मा यमल च्याम्पियन्स लिगमा पहिलो रोजाइमा उत्रिने सबैभन्दा कान्छो खेलाडी बने । त्यसबेला यमलको उमेर १६ वर्ष ८३ दिनको मात्र थियो । यसको चार दिनपछि यमलले अर्को कीर्तिमान बनाए । बार्सिलोनाले ग्रानाडासँग खेल्दा गोल गरेसँगै यमल ला लिगामा गोल गर्ने सबैभन्दा कान्छो खेलाडी बने । 

यमल ‘एल क्लासिको’ खेल्ने सबैभन्दा युवा खेलाडी बने । च्याम्पियन्स लिगमा सबैभन्दा कम उमेरमा असिस्ट गर्ने कीर्तिमान पनि उनैको नाममा छ । सबैभन्दा कम उमेरमा स्पेनिस सुपर कप खेल्ने र गोल गर्ने कीर्तिमान पनि यमलकै नाममा छ । 

यमल बार्सिलोनाबाट ५० खेल खेल्ने सबैभन्दा कम उमेरका खेलाडी हुन् । च्याम्पियन्स लिगमा १० खेल खेल्ने सबैभन्दा युवा खेलाडी पनि हुन् । 

च्याम्पियन्स लिगमा भने गोल गर्न बाँकी नै छ । च्याम्पियन्स लिगमा सबैभन्दा कम उमेरमा गोल गर्ने खेलाडीको कीर्तिमान भने यमलले भत्काउन सक्दैनन् । यो कीर्तिमान बार्सिलोनाकै खेलाडी अन्सु फातीको नाममा छ । फातीले सन् २०१९ मा इन्टर मिलानविरुद्ध १७ वर्ष ४० दिनमा गोल गर्दै यो कीर्तिमान बनाएका थिए । 

२०२३ सेप्टेम्बर ८ मा यमल स्पेनबाट गोल गर्ने सबैभन्दा कान्छो खेलाडी बने । युरो–२०२४ छनोटमा जर्जियाविरुद्ध ७–१ को जित निकाल्दा यमलले पनि गोल गरेका थिए ।

क्रोएसियाविरुद्ध सुरुआती–११ मा मैदान उत्रिएसँगै यमल १६ वर्षमै युरोपियन च्याम्पियनसिप खेल्ने पहिलो खेलाडी बने । क्रोएसियाविरुद्ध ३–० को जित निकाल्दा यमलले ड्यानी कार्भाहाललाई गोलको अवसर सिर्जना गरेका थिए । योसँगै उनी युरोमा असिस्ट गर्ने सबैभन्दा कान्छो खेलाडी बने ।

सेमिफाइनलमा फ्रान्सविरुद्ध उत्कृष्ट गोल गरेसँगै यमल युरोको इतिहासमा गोल गर्ने सबैभन्दा कम उमेरको खेलाडी बने । फाइनलमा इंग्ल्यान्डविरुद्ध मैदान उत्रिएसँगै उनले पेलेको नामको कीर्तिमान पनि तोडे । साथै, कुनै पनि अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनल खेल्ने सबैभन्दा कान्छो खेलाडी बने । 

‘त्यो’ फोटोको चर्चा

जर्मनीमा युरो चलिरहँदा यमलको एउटा फोटोले सामाजिक सञ्जाललाई खुबै ततायो । त्यो फोटो थियो, अर्जेन्टिनी कप्तान लियोनल मेसीसँग । फोटो सन् २००७ मा बार्सिलोनाको क्याम्प नाउमा भएको एउटा च्यारिटी क्लालेन्डर फोटोसुटको बेलाको हो । उक्त फोटोमा २० वर्षीय मेसीले एक बालकलाई नुहाइदिइरहेको देखिन्छ । 

Yamal-(7)-1721292904.jpg
तस्बिर : जोआन मोन्फोर्ट/एपी

मेसी र यमलको यो फोटो जोआन मोफोर्टले खिचेका थिए । एपीका निम्ति ‘फ्रिल्यान्स’ फोटो खिचेका उनले गत हप्तामात्र उक्त फोटोमा रहेको बालक यमल भएको थाहा पाए ।

“उनी (मेसी) एउटा लकर कोठाबाट बाहिर आउँदै थिए र उनले अर्को कोठामा एउटा बच्चा पानीले भरिएको प्लाटिक टबमा पाए । त्यो निकै असहज परिस्तिति थियो । उसलाई बच्चा कसरी समात्नुपर्छ भन्ने पनि थाहा थिएन,” फोटोग्राफर मोफोर्टले भने । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ३, २०८१  १४:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro