site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Global Ime bankGlobal Ime bank
कोटाविरोधी आन्दोलन चर्किरहेको बंगलादेशमा कति छन् नेपाली ?
तस्बिर : रोयटर्स
SkywellSkywell

काठमाडौं । बंगलादेशमा कोटाविरोधी आन्दोलन चर्किरहेको छ । आन्दोलन चर्किदा बंगलादेश सरकारले त्यहाँका सम्पूर्ण सरकारी तथा निजी विश्वविद्यालय र शैक्षिक संस्थाहरू अर्को सूचना जारी नभएसम्मका लागि बन्द गर्ने घोषणा गरेको छ । 

बंगलादेशको राजधानी ढाकास्थित नेपाली दूतावासका अनुसार त्यहाँ तीन हजारको हाराहारीमा नेपाली छन् । तीमध्ये अधिकांश विद्यार्थी छन् । 

“बंगलादेशमा तीन हजारको हाराहारीमा नेपाली हुनुहुन्छ । यसमध्ये दुई हजार ४०० जति मेडिकल शिक्षा अध्ययनरत हुनुहुन्छ । दोस्रो ठूलो संख्या कृषि पढ्नेहरूको छ । यहाँ इन्जिनियरिङ पढ्नको लागि नेपालीहरू आउनु भएको छ,” बंगलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारीले बाह्रखरीसँग भने । 

Dabur Nepal
NIC Asia

बंगलादेशमा कोटाविरोधी आन्दोलन चकिएपछि दूतावासले त्यहाँ अध्ययनरत नेपाली विद्यार्थी तथा कलेज प्रशासनलाई सम्पर्क गरी उनीहरूको अवस्था बुझ्ने काम गरिरहेको जनाएके छ । 

“हामी यहाँ रहनुभएको नेपालीहरूसँग निरन्तर सम्पर्कमा छौँ । विदेशी विद्यार्थीलाई यहाँ कुनै अप्ठेरो छैन । आत्तिनुपर्ने अवस्था छैन,” राजदूत भण्डारीले नेपाली विद्यार्थीलाई ढुक्क भएर बस्न अनुरोध गर्दै भने । 

केही दिनयता बंगलादेशका विभिन्न सहरमा कोटा विरोध प्रदर्शनहरू भइरहेका छन् । प्रदर्शनका क्रममा हिंसात्मक झडपहरू भएको अन्तर्राष्ट्रिय मिडियाहरूले उल्लेख गरेका छन् । झडपमा बुधबारसम्म ६ जनाको मृत्यु भएको जनाइएको छ । 

खासगरी सरकारी जागिरमा आरक्षणको व्यवस्थालाई लिएर बंगलादेशका विद्यार्थीले प्रदर्शन गरेका हुन् । विश्वविद्यालयका विद्यार्थीले सन् १९७१ को मुक्ति युद्ध लड्ने सैनिकको बालबालिकालाई सरकारी जागिरमा दिइँदै आइएको आरक्षणको व्यवस्थाको विरोध गरेका हुन् । 

सन् १९७१ मा पाकिस्तानबाट स्वतन्त्र हुने युद्धमा सहभागी सैनिकलाई बंगलादेशमा ‘वार हिरो’ भन्ने गरिन्छ । बंगलादेशमा एकतिहाइ सरकारी जागिर यिनै वार हिरोका छोराछोरीको लागि आरक्षण छ । यसैको विरुद्धमा विद्यार्थीहरूले आन्दोलन गरेका हुन् । उक्त आरक्षण हटाई ‘मेरिट’को आधारमा रोजगारी प्रदान गर्न माग गरेका छन् । बंगलादेशमा केही रोजगारीमा महिला, अल्पसंख्यक, अपांगता भएका व्यक्तिको लागि पनि आरक्षणको व्यवस्था छ । 

प्रदर्शनका क्रममा ६ जनाको मृत्यु भएको छ । ढाकास्थित नेपाली दूतावासले बुधबार एक सूचना जारी गर्दै त्यहाँ रहेका नेपाली विद्यार्थीलाई अत्यावश्यक कामबाहेक आफू बसेको स्थानबाट बाहिर ननिस्कन अनुरोध गरेको थियो ।

दूतावासले बुधबार जारी गरेको सूचनामा भनिएको थियो, “बंगलादेशमा जारी कोटाविरोधी प्रदर्शनहरूमा भएका झडपका कारण बंगलादेश सरकारको शिक्षा मन्त्रालयले सम्पूर्ण सरकारी तथा निजी विश्वविद्यालय र शैक्षिक संस्थाहरू अर्को सूचना जारी नभएसम्मका लागि बन्द रहने भनी गरेको निर्णयको सन्दर्भमा बगलादेशमा अध्ययनरत सम्पूर्ण नेपाली विद्यार्थीहरूलाई सुरक्षित रहन, अत्यावश्यक कामबाहेक होस्टेल वा आफू बसेको स्थानबाट बाहिर ननिस्कन तथा आ–आफ्नो कलेज प्रशासनको निर्देशन पालना गर्नुहुन अनुरोध गरिन्छ ।” 

कारणवश कलेज प्रशासनले होस्टेलबाट अन्य सुरक्षित स्थानमा जान निर्देशन दिएमा वा आफू बसेको स्थानमा सुरक्षा अवस्था प्रतिकूल भएमा दूतावासमा सम्पर्क गर्न भनिएको छ ।

अवस्था प्रतिकूल भएका दूतावासको ८८०१८८०६९१०१३ र ८८०१७४५४०७९५८ नम्बरमा फोन गरी सहयोग माग्न त्यहाँ रहेका नेपालीलाई दूतावासले अनुरोध गरेको छ । 

दूतावासले बंगलादेशमा विकसित घटनाक्रमलाई नजिकबाट नियालिरहेको जनाएको छ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ३, २०८१  १२:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu