site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सेयर बजार अर्थतन्त्रको ऐना हो, सन्तुलितरूपमा बढाउँछौँ : अर्थमन्त्री पौडेल

काठमाडौं । नवनियुक्त उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले सेयर बजार अर्थतन्त्रको ऐना भएको बताएका छन् । सोमबार उपप्रधानसहित अर्थमन्त्रालयको पदभार सम्हाल्दै अर्थमन्त्री पौडेलले सेयर बजार अर्थतन्त्रको ऐना भएकाले सन्तुलितरूपमा अगाडि बढाउने बताए ।

उनले सेयर बजारलाई विगतमा जुवाघरलगायत अन्य टिप्पणी गर्दा अस्थिरता पैदा गरेको भन्दै अब सरकारले सन्तुलितरूपमा अगाडि बढाउने बताए । उनले अहिले अर्थतन्त्र तथा सार्वजनिक वित्तमा समस्याहरू रहेको भन्दै समस्या समाधानका लागि सबैसँग सहकार्य गरेर समस्या समाधान गरिने बताए ।

उनले अर्थतन्त्र र निजी क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार अभिभावकको रूपमा अघि बढ्ने बताए । उनले सरकारको सोच र कार्यक्रमहरू कार्यान्वयन गर्न कुनै पनि बजेट बाधक नबन्ने पनि बताए ।

"सेयर बजारलाई अर्थतन्त्रको ऐनाको रूपमा लिने गर्छौं । कतिपय समयमा के टिप्पणी हुने भयो भने जुवाघरलगायतका टिप्पणी भए । त्यसले अस्थिरता पनि पैदा गरेको थियो । यथार्थमा सेयर बजारलाई हामीले अर्थतन्त्रको ऐनाका रूपमा हेर्ने गरेका छौँ । पछिल्लो दिनमा पुँजीबजारमा जुन खालको उत्साह देखिरहेका छौँ, त्यसलाई सन्तुलित ढङ्गले अगाडि बढ्ने परिस्थिति होस् भन्ने कुरामा मन्त्रालयको ध्यान जान्छ," उनले भने ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, असार ३१, २०८१  १६:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro