site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
‘फर्की फर्की’बाट ५० लाख पारिश्रमिक लिएका अनमोलले कति तिरे कर ?

काठमाडौं । कलाकारको पारिश्रमिकलाई सञ्चारमाध्यममा आएका समाचारलाई धेरैले आशंका गर्छन् । त्यसमा पनि ‘हाइपेड’ कलाकारको पारिश्रमिकमा झनै धेरै आशंका हुने गरेको छ । 

नेपाली चलचित्र उद्योगमा सबैभन्दा धेरै पारिश्रमिक लिने अभिनेताको रूपमा अनमोल केसीको नाम आउँछ । उनले प्रतिचलचित्र ५० लाख रुपैयाँ पारिश्रमिक लिने गरेको खबरहरू आउने गरेका छन् ।

Dabur Nepal
NIC Asia

यो खबरलाई चलचित्र ‘फर्की फर्की’का निर्माताले पुष्टि गरेका छन् । ‘फर्की फर्की’का निर्माता रोहित अधिकारीले आफूले अनमोललाई ५० लाख रुपैयाँ पारिश्रमिक दिएको बताए ।

उनले अनमोलले ‘फर्की फर्की’बाट लिएको पारिश्रमिकबाट तिरेको करको प्रमाण सार्वजनिक गरेका छन् । अनमोलले ५० लाख रुपैयाँ पारिश्रमिक लिँदा सात लाख ५० हजार रुपैयाँ कर राज्यलाई तिरेका छन् ।

औसतमा पारिश्रमिकबारे बोले पनि कलाकारहरू यति नै हो भनेर पारिश्रमिको नम्बर भने तोक्दैनन् । यसको कारण हो, कर । यो सिनेमाबाट यति पारिश्रमिक लिएँ भनेको अवस्थामा सरकारी निकायले चाहेको अवस्थामा करका लागि ताकेता गर्ने डरले कलाकार आफ्नो पारिश्रमिकबारे स्पष्ट खुलाउँदैनन् ।  

तर, अनमोलले भने कर तिरेको प्रमाण नै सार्वजनिक गरेका हुन् । कतिपय कलाकारले आम्दानी लुकाएर कर नतिर्ने गरेको टिप्पणी हुँदै आएको छ । 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ३१, २०८१  ११:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro