site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
यसरी पुगेको थियो २० करोडभन्दा बढीको कोकिन भित्र्याउने मलेसियन महिलाको कोठामा प्रहरी टोली

काठमाडौं । काठमाडौं प्रहरीको विशेष टोलीले आइतबार ठमेलको एक होटलबाट आगूऔषध कोकिनसहित मलेसियन एक महिलालाई पक्राउ गर्‍यो । काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी बसन्त रजौरेका अनुसार, पक्राउ पर्ने महिला ४७ वर्षीय बथुमलाई भादिभालू हुन् ।

उनको साथबाट प्रहरीले पाँच किलो ८२० ग्राम कोकिन बरामद गरेको हो । कोकिनको नेपाली मूल्य २० करोड ३७ लाख रुपैयाँ भएको जानकारी एसएसपी रजौरेले दिए ।

प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा ती महिला १३ जुलाई शनिबार ११ बजे काठमाडौं आइपुगेको खुलेको छ । उनी ठमेलको सिटी होटलमा बसेकी थिइन् । काठमाडौं प्रहरीको विशेष सूचनाका आधारमा आइतबार बिहान कोठा सर्च गर्दा कोकिन फेला पारेपछि उनलाई पक्राउ गरेको हो ।

Dabur Nepal
NIC Asia

प्रहरीको अनुसन्धानका क्रममा उनी १२ जुलाईमा मलेसियाबाट लाओस उडेकी थिइन् । त्यहाँबाट थाइल्याण्ड हुँदै काठमाडौं आएकी हुन् । प्रहरीको अनुसन्धानबाट उनी भरियामात्रै रहेको खुलेको छ ।

तस्करी गर्ने समूहसँग उनले सामाजिक सञ्जाल ‘ह्वाट्सएप’ मात्रै प्रयोग गरेको पाइएको छ । प्रहरीको अनुसन्धानका क्रममा तस्करी गर्ने मुख्य नाइके लाओस र एक भारतमा रहेर उनलाई भरियाको रुपमा प्रयोग गरेको देखिएको छ ।
 
बथुमलाईले लाओस हुँदै काठमाडौं पुर्‍याएको कोकिन आइतबार बिहान भारत लैजाने तयारी गरेपछि मात्रै नियन्त्रणमा लिएको हो । प्रहरीको अनुसन्धानका क्रममा बथुमलाईले लाओसबाट नै स्कुल ब्यागहरुभित्र फल्सबटम बनाएर कोकिन ल्याएको पाइएको छ ।

यसरी पाएको थियो प्रहरीले सूचना

काठमाडौं प्रहरीले एकै पटक यति ठूलो परिणामको लागूऔषध कोकिन बरामद गरेको पहिलो पटक भएको जनाएको छ । शनिबार राति थाइल्यान्ड हुँदै काठमाडौं आएकी महिला भेट्न भारतबाट पनि एक महिला काठमाडौं आइपुगेकी थिइन् ।

प्रहरीका अनुसार, भारतबाट आएकी महिला दिउँसो १२ बजे नै काठमाडौं ओर्लिएकी थिइन् । उनीसमेत ठमेलको सीटी होटलमै बसिन् ।

उनी थाइल्याण्डबाट काठमाडौं आउँदै गरेकी महिलाको प्रतिक्षामा होटलमा बसेकी थिइन् । दिल्लीबाट आएकी ती महिलाले थाइल्याण्डबाट आएकी महिलासमेत आइतबार आफूसँगै दिल्ली लैजाने योजना बनाएको बुझिएको छ ।
 
तर, आइतबार बिहानै कोकिनसहित बथुमलाईले आफू भारत जान नमिल्ने र आफूले बोकेको लगेजभित्रको ६ वटा स्कुल ब्यागमात्रै दिल्ली पुर्‍याई दिन आग्रह गरिन् । भारतबाट आएकी महिलाले ब्यागमात्रै लिन नसक्ने र ब्यागभित्र रहेको सामानबारे चासो मात्रै राखिनन् कि उनले ब्याग खोलेर सामान समेत हेरिन् ।

तर, झोलाभित्रको सामान भने सामान्य हिसाबले प्याक गरिएको थिएन । ब्यागभित्र फल्सबटम बनाएर प्याक गरिएको थियो । ती महिलाले झोलाभित्र शंकास्पद बस्तु देखिन् । त्यसपछि झोला बोक्दा आफू फस्न सक्ने आशंकासहित मलेसियन महिलाले थाहा नपाउने गरी प्रहरीलाई खबर गरिन् ।

दिल्लीबाट आएकी महिलाले प्रहरीलाई खबर गरेपछि प्रहरी बथुमलाई बसेको ठमेलको सीटी होटल पुगेको थियो । प्रहरीले स्कुल ब्याग खोलेर हेर्दा भने कोकिन देखेपछि मलेसियन महिला बथुमलाई पक्राउ गर्न सफल भएको हो ।

सूचना दिने भारतीय महिलामाथि प्रहरीले सोधपुछ जारी राखेको छ । प्रहरीको अनुसन्धानका क्रममा पक्राउ परेकी मलेसियन महिलाले पटक–पटक कोकिनको कारोबार गरेको प्रहरीको अनुसन्धानका क्रममा खुलेको छ ।

उनी थाइल्याण्ड हुँदै पाँच पटक काठमाडौं आएको खुलेको छ । प्रहरीको सोधपुछका क्रममा भने उनी नेपाली र अंग्रेजी दुवै भाषा नआउने भन्दै बयान दिन इन्कार गरिरहेकी छिन् । उनी मलेसियन भाषा मात्रै बोल्छिन् ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ३१, २०८१  ०८:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro