देश

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले माध्यमिक शिक्षा परीक्षा (एसईई)मा ग्रेड प्राप्त गरेका विद्यार्थीलाई बधाई दिएका छन् ।
शुक्रबार सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीले एसईईमा ग्रेड नपाउने विद्यार्थीहरूले यसलाई नै अन्तिम परीक्षा नठान्न र सफलताको अर्को दिन आउने बताए ।
उनले शिक्षकहरूलाई धन्यवाद, सफल विद्यार्थीलाई बधाई दिए । "एसईई नतिजामा गत वर्षको भन्दा १३.९५ प्रतिशतले सुधार आएको छ । शिक्षकहरूलाई धन्यवाद । सफल विद्यार्थीलाई फेरि बधाई, प्रधानमन्त्री ओलीले लेखेका छन् ।"
प्रकाशित मिति: शुक्रबार, असार १३, २०८२ २२:०७
प्रतिक्रिया दिनुहोस्