site stats
बाह्रखरी :: Baahrakhari
देश
गुल्मीमा भिरबाट लडेर महिलाको मृत्यु
प्रतीकात्मक तस्बिर ।

गुल्मी । घाँस काट्ने क्रममा भिरबाट लडेर गुल्मीमा एक महिलाको मृत्यु भएको छ । जिल्लाको मदाने गाउँपालिका–६, घ्युउपानीकी ३१ वर्षीया लक्ष्मी थापाको घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिए ।

शुक्रबार दिउँसो स्थानीय काउले भालुखोला सामुदायिक वनमा घाँस काट्न भनी गएकी थापा साँझ अबेरसम्म घर नफर्केपछि परिवार र छिमेकीद्वारा उनको खोजतलास गरिएको थियो । खोजतालासका क्रममा उनको शव सोही सामुदायिक वनको कीराचौर भिरबाट खसेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय पुर्कोट दहबाट प्रहरी निरीक्षक रेबन्त सेनको नेतृत्वमा ६ जनाको टोली घटनास्थलमा पुगेको थियो । मृतक थापाका दुई छोरा छन् भने श्रीमान् रोजगारीको सिलसिलामा दुबईमा छन् । रासस

 

प्रकाशित मिति: शुक्रबार, असार १३, २०८२  २३:४१
प्रतिक्रिया दिनुहोस्