site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
मनसुनको गतिविधि घट्यो, न्यूनचापीय रेखा भारततिर सर्‍यो

काठमाडौं । नेपालमा तत्कालका निम्ति मनसुनको सक्रियता घटेको छ । पानी पार्ने मनसुन प्रणाली कम सक्रिय भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अबका तीन दिन अर्थात् आउँदो सोमबारसम्म यहाँ मनसुन थप सक्रिय हुने सम्भावना नरहेको महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए ।

“मनसुन कम सक्रिय भएको छ । मनसुनको गतिविधि घटेको छ,” उनले बाह्रखरीसित भने ।

Dabur Nepal
NIC Asia

मनसुनको सक्रियता घट्नु भनेको पानी नै नपर्ने भन्ने होइन, पर्छ । कम पर्छ । मनसुन अवधि (जुन, जुलाई, अगस्ट र सेप्टेम्बर)मा वर्षाको सम्भावना भइरहने उनले स्पष्ट पारे ।

“मनसुनमा पानी नै नपर्ने भन्ने त हुँदैन, एकदमै सक्रिय भएको अवस्थाभन्दा कम हुने हो,” उनले भने ।

हाल मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ सरदर स्थानभन्दा माथि छ । पश्चिमतर्फ त्यो सरदर स्थानको आसपास रहेको महाशाखाले जनाएको छ ।

अर्थात्, मनसुनको न्यूनचापीय रेखा भारततिर सरेको छ । “न्यूनचापीय रेखा तल (भारत)तिर सरेको छ,” मौसमविद् प्रधानाङ्गले भने, “अस्ति नेपालतिर थियो ।”

मौसमविद्का अनुसार, न्यूनचापीय रेखा जता नजिक त्यहाँ धेरै वर्षाको सम्भावना हुन्छ ।

पछिल्ला दिन उपल्लो वायुमण्डलमा पश्चिमबाट आएको वायुको पनि प्रभाव थियो । त्यो समेत कमजोर भइसकेको उनले बताए ।

नेपालमा अहिले पनि मनसुन निष्क्रिय भएको अवस्था होइन । फेरि थप सक्रिय हुन सक्ने उनले बताए ।

अबका तीन दिन देशभर नै धेरै भारी वर्षाको सम्भावना छैन । एक–दु्ई स्थानमा भारीसम्म वर्षाको सम्भावना रहेको उनले जानकारी दिए । हल्कादेखि मध्यम वर्षाको सम्भावना भने केही स्थानमा छ ।

काठमाडौंमा वर्षाको सम्भावना
काठमाडौंमा आइतबार (भोलि) हल्का वर्षाको सम्भावना छ । दिउँसो र बेलुकातिर केही बेर हल्का वर्षाको सम्भावना रहेको उनले जानकारी दिए । शनिबार दिउँसो काठमाडौंमा वर्षा नभएको उनले बताए ।

“शनिबार दिउँसो वर्षा भएन । राति हल्का वर्षाको सम्भावना छ,” उनले भने, “भोलि (आइतबार) साँझ, बेलुकातिर केही बेर हल्का वर्षाको सम्भावना छ ।”

महाशाखाले शनिबार बेलुका जारी गरेको मौसम पूर्वानुमान बुलेटिनको ‘आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श’मा उल्लेख छ, “कोसी प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा, साथै मधेस प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै कोसी प्रदेश र गण्डकी  प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रहरूमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ ।”

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार २९, २०८१  १९:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro