काठमाडौं । देशका केही नदी तथा खोलामा बाढीको सम्भावना छ । मध्यमदेखि भारी वर्षाको सम्भावना रहेकाले बाढीको जोखिम रहेको हो ।
ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, ओखलढुंगा, रामेछाप, उदयपुर, सिन्धुपाल्चोक, नुवाकोट, सिन्धुली, काठमाडौं, भक्तपुर, ललितपुर भएर बग्ने नदी तथा खोलामा बाढीको सम्भावना छ ।
मकवानपुर, बारा, पर्सा, चितवन, पाल्पा, नवलपरासी, कपिलवस्तु, रुपन्देही, दाङ, बाँके र आसपासका जिल्ला भएर बग्ने अधिकांश स–साना नदी तथा खोलामा बहाव उल्लेख्य बढ्ने पूर्वानुमान रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
आगामी तीन दिन देशभरका प्रमुख तथा मझौला नदीहरूको बहाव सामान्य घटबढ हुनेछ । नारायणी नदीको जलसतह घट्ने भए पनि सतर्कता तह आसपास हुने विभागले जनाएको छ ।