site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
रवि लामिछानेको गुनासो– मलाई जबर्जस्ती 'सहकारी ठग'को रूपमा स्थापित गर्न खोजियो
तस्बिर : हरिशजंग क्षेत्री/बाह्रखरी
SkywellSkywell

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले विभिन्न प्रकरणका फाइल खुल्न थालेपछि सत्ता समीकरण परिवर्तन भएको दाबी गरेका छन् ।

शुक्रबार प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रस्तुत गरेको विश्वासको मत लिने प्रस्तावको छलफलमा भाग लिँदै लामिछानेले विभिन्न प्रकरणको फाइल खोल्दा बेचन झा र प्रतीक थापा पक्राउ पर्ने क्रम सुरु भएपछि सत्ता समीकरण परिवर्तन भएको दाबी गरे ।

Dabur Nepal
NIC Asia

उनले सरकारमा रहँदा सुशासनका पक्षमा काम गरेको र यसको वातावरण बनादिएकोप्रति प्रधानमन्त्री प्रचण्डलाई धन्यवाद दिए । उनले विभिन्न प्रकरणमा अनुसन्धान गर्दा आफूलाई स्टन्ट गरेको आरोप लागेको भन्दै वर्तमान सरकारले खोलेका फाइललाई निरन्तरता दिएर स्टन्ट देखाउन अब बन्ने गृहमन्त्रीलाई चुनौती दिए ।

आफूलाई जबर्जस्ती 'सहकारी ठग'को रूपमा स्थापित गर्न खोजेको उल्लेख गर्दै लामिछानले आफूले कानुनबमोजिम कसैलाई कारबाही गर्दा लोकतन्त्र र प्रेस स्वतन्त्रता खतरा परेको टिप्प्णी भएको बताए ।

उनले कांग्रेस–एमालेले भनेको राष्ट्रिय सहमतिप्रति आशंका व्यक्त गर्दै जनतालाई थाहा नदिएर गरिएको राष्ट्रिय सहमतिले मानमर्दन गरेको तर्क गरे ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१  १५:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu