site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
फाइनलअघि साउथगेट भन्छन्– स्पेनलाई हराउन रणनीतिकरूपमा दुरुस्त बन्न आवश्यक छ

काठमाडौं । स्पेनलाई हराएर युरो–२०२४ को उपाधि जित्न इंग्ल्यान्ड रणनीतिकरूपमा दुरुस्त हुनुपर्ने प्रशिक्षक ग्यारेथ साउथगेटले बताएका छन् ।

इंग्ल्यान्डले बुधबार नेदरल्यान्ड्सविरुद्ध २–१ को जित निकाल्दै पहिलोपटक विदेशी भूमिमा भएको कुनै पनि प्रतियोगिताको फाइनलमा स्थान बनाएको हो ।

इंग्ल्यान्ड पहिलो युरोपियन च्याम्पियनसिपको खोजीमा हुँदा स्पेन तीन पटकको विजेता हो ।

“यो प्रतियोगितामा उनीहरूले जे गरेका छन्, त्यसआधारमा उनीहरू नै प्रतियोगिताको मुख्य दाबेदार हुन् । उनीहरू उत्कृष्ट टिम बनेका छन्,” साउथगेटले भने, “उनीहरू उत्कृष्ट टिम भएकाले हामी रणनीतिकरूपमा दुरुस्त बन्न आवश्यक छ ।”

यस्तै, आर्सनलका इंग्लिस मिडफिल्डर डेक्लान राइसले भने युरो–२०२० को फाइनलमा इटालीसँगको हार आइतबारको खेलमा प्रेरणा बन्ने बताए । लन्डनमा भएको उक्त प्रतियोगिताको फाइनलमा इटालीले इंग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा ३–२ ले पराजित गर्दै उपाधि जितेको थियो ।

“इटालीले उपाधि उचालिरहेको देखेको कुराले मलाई सधैँ पिडा दिन्छ । हामी अहिले अर्को उपाधि नजिक छौँ, जहाँ हामीले आफ्नै इतिहास लेख्ने अवसर छ । तर, हामीविरुद्ध अर्को उत्कृष्ट प्रतिद्वन्द्वी छ,” राइसले भने ।

प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१  १५:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro