site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सिमलताल पहिरो : पर्साका १७ नेपालीसहित सात भारतीय नागरिक थिए बसमा

काठमाडौं । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा शुक्रबार बिहान पहिरोले बगाएको यात्रुवाहक बसमा पर्साका १७ नेपाली र सातजना भारतीय नागरिक रहेको पाइएको छ । 

शुक्रबार बिहान साढे ३ बजे पहिरोमा परेर बगेको यात्रुवाहक बसमा पर्साका १७ नेपाली र सात भारतीय रहेको एञ्जल डिलक्स वीरगन्ज काउन्टरका बुकिङ इन्चार्ज प्रेम साह कानूले बताएका छन् ।  वीरगन्जबाट काठमाडौं जाने क्रममा बस पहिरोमा परेर बगेको हो । पर्साको रंगपुरबाट छुट्ने एञ्जल डिलक्स प्रालिको बस नं. प्र०३००६ ख १५१६ मा पर्सा र भारतका गरी कुल २४ यात्रु सवार थिए । 

यात्रुहरू पर्साको रंगपुरबाट नौजना वीरगञ्ज बसपार्कबाट भारतीय र नेपाली गरी १२ जना, एकजना सवारी चालक र दुईजना सहचालक रहेको काउन्टरका बुकिङ इन्चार्ज कानूले बताए । 

“अनुसार हिजो हामीले गाडी बुकिङ गरी वीरगन्जबाट राति ८ बजे काठमाडौंका लागि पठायौं । आज बिहान ४ बजे आफूलाई गाडी दुर्घटनामा परेको जानकारी आयो,” उनले भने । 

बसमा चालक र केही यात्रु स्थानीय समेत रहेको उनले बताए । चालक वीरगञ्ज नगवा निवासी हुन् भने अन्यको बारेमा जानकारी लिने कार्य हुँदै गरेको कानूले बताए । 

यता, काठमाडौंबाट गौर जाँदै गरेको गणपति डिलक्स पनि पहिरोमा बगेको छ । दुवै बसमा गरी ६० भन्दा बढी यात्रु सवार रहेको प्रहरीले बताएको छ । घटनास्थलमा अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले खोजी गरिरहेको छ । न्युज एजेन्सी नेपाल
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१  १०:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro