site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
अमेरिकी चुनावमा के हो ‘कग्निटिभ टेस्ट’को चक्कर ?
SkywellSkywell

वासिंटन । यसपटक हुन लागेको अमेरिकी राष्ट्रपतीय चुनावमा उमेदवारको मेन्टल फिटनेस अर्थात् मानसिक स्वास्थ्य महत्त्वपूर्ण मुद्दा बन्दै गइरहेको छ । 

यस मुद्दामा राष्ट्रपति पदका उमेदवार जो बाइडेन र डोनाल्ड ट्रम्प दुवै घेराउमा पर्दै गइरहेका छन् । बाइडेनको उमेर ८१ वर्ष र ट्रम्पको ७८ वर्ष हो  । 

पछिल्लो महिना ट्रम्प र बाइडेनको डिबेट सार्वजनिकपछि यो मुद्दा अचानक तातो भइरहेको छ । बाइडेन अमेरिकाका अहिलेसम्मकै सबैभन्दा वृद्ध राष्ट्रपति हुन् । ट्रम्प दोस्रोपटक चुनाव जितेमा अमेरिकी इतिहासमा सबैभन्दा वृद्ध राष्ट्रपति हुनेछन् । 

Dabur Nepal
NIC Asia

एबीसी न्यूजलाई दिएको एक अन्तर्वार्ताका क्रममा राष्ट्रपति बाइडेनले कग्निटिभ टेस्ट (संज्ञानात्मक परीक्षण) गर्न अस्वीकार गरेका थिए । उनले भनेका थिए, “म दैनिक कग्निटिभ टेस्ट दिइरहेको छु ।” उनले आफ्ना चिकित्सकले त्यो परीक्षणको कुनै जरुरी नभएको बताएको जनाएका थिए ।

उता ट्रम्पले आफूले कग्निटिभ टेस्ट गरेको बताएका छन् । उनले एकपटक राष्ट्रपति भएको बेलामा र दोस्रो हालसालै टेस्ट गरेको बताएका छन् । उनले आफना दुवै टेस्ट सफल भएको दाबी पनि गरेका छन् । 

के हो कग्निटिभ टेस्ट ?
कग्निटिभ टेस्टमा अलग अलग परीक्षण सामेल हुन्छन् । जसले मानिसको दिमाग कति राम्रोसँग चलेको छ भन्ने पत्ता लगाउँछ । क्लिभल्यान्ड क्लिनिकका अनुसार यो परीक्षणमा कुनै खास किसिमको बिमारीबारे पत्ता लाग्दैन । यद्यपि, यसले कुनै बिरामीको लागि जरुरी टेस्ट गराउनुपर्ने संकेत भने दिन्छ । 

यदि कोही मानिसको सम्झने क्षमता, पर्सनालिटी चेन्ज अर्थात व्यक्तित्वमा बदलाव, सन्तुलन, आफनो विगतको केही हिस्सा भुल्ने वा सम्झन अप्ठेरो परिरहेको छ भने त्यस्तो मानिसलाई कग्निटिभ टेस्ट गर्नुपर्ने हुन्छ । 

सैनफोर्ड मेडिसिनका अनुसार यसको लागि धेरै प्रयोग गरिने परीक्षणमा एक मन्ट्रियल कग्निटिभ एसेसमेन्ट हो । जसले स्मरणमा  कमी भएका मानिसको कग्निटिभ क्षमता अर्थात संज्ञानात्मक कौशलको आँकलन गर्ने गर्दछ । 

एसेसमेन्ट टेस्टमा आफ्ना याद, ध्यान र वस्तुको नाम दिने क्षमताको साथै मौखिक र लिखित आदेश पालना गर्ने क्षमताको परीक्षण हुन्छ । यो परीक्षा अनलाइन पनि उपलब्ध छ ।

यदि कसैको साथ कुनै मानसिक समस्या छैन भने उसका लागि यो टेस्ट सजिलो हुन्छ । तर, मानसिक समस्या भएका मानिसका लागि यो टेस्ट निकै कठिन हुन सक्छ । 

यो टेस्टलाई बनाउने क्यानडेली न्यूरोलोजिस्ट जिएद नसेडिनले बीबीसीलाई भने, “म मान्छु कि यदि बाइडेन अमेरिकी नागरिकलाई आश्वस्त गर्न चाहन्छन् भने वा उनलाई कुनै समस्या छ भने पनि दुवै अवस्थामा यो टेस्ट उनको लागि फाइदाजनक हुन सक्छ ।”

कसरी गरिन्छ टेस्ट ?
यस क्रममा चिकित्सकले बिरामीसँग उनीहरूको स्मरण शक्तिबारेमा विभिन्न प्रश्न सोध्छन् । यसमा बिरामीको पूरै इतिहास जोडिएको हुन्छ । क्यालिफोर्निया विश्वविद्यालयको डेविस अल्जाइमर रोग अनुसन्धान केन्द्रसँग जोडिएका एसोसिएट डाइरेक्टर डेन मुंगासले भने, “लामो समयसम्म चल्ने क्लिनिकल परीक्षणले बाइडेन र ट्रम्प दुवैको दिमागको काम गर्ने क्षमताको सही तस्बिर पेस गर्न सक्दछ । 

यद्यपि, ज्यादा समय चिकित्सक ‘मोका’ जस्तो टेस्टबाट यो परीक्षण सुरु गर्दछन् । यदि कसैको स्कोर त्यसमा अपेक्षा गरेभन्दा कम छ भने दोस्रो गहन टेस्ट गर्नु जरुरी हुन्छ । यस गहन परीक्षणमा भाषा परीक्षण, काम गर्ने क्षमताका साथै स्थिरताले देख्ने क्षमताको आँकलन गरिन्छ । उदाहरणको लागि चिकित्सकले बिरामीलाई कुनै कथा पढ्न दिन सक्छन् र उनको स्मरणशक्ति संझाउनका लागि कथाका केही अंश सोध्न सक्छन् ।

यस्तै, बिरामीलाई शब्दको सूची याद गर्ने, तस्बिर देखाएर वस्तु चिन्ने, कुनै खास अक्षरबाट सुरु हुने वस्तुको नाम बताउन लगाउने जस्ता काम गर्न सक्छन् । 

त्यसैगरी दिमागको काम गर्ने क्षमताको गिरावटका लक्षण पत्ता लगाउनको लागि डा मुंगास बिरामीलाई प्रश्न सोध्नेबाहेक बिरामीसँग बस्ने मान्छेसँग पनि सोध्न सुझाव दिन्छन् ।

उनले एक कग्निटिभ टेस्टले मात्रै राष्ट्रपति राम्रो कि नराम्रो भन्न नसकिने जनाउँदै आफूले जीवनभरी नै बिरामीको कग्निटिभ टेस्ट गराएको समेत बताए । बीबीसी

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१  १०:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu