site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
नारायणीले सतर्कता तह पार गर्ने, यी जिल्लामा बाढीको जोखिम

काठमाडौं । देशका सानाठूला केही नदीमा आज पानीको बहाव उल्लेख्य बढ्ने अनुमान छ । नारायणी नदी देवघाटमा जलसतहले सतर्कता तह पार गर्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुन सक्रिय हुँदा निरन्तर वर्षासँगै नारायणीमा भोलि समेत बाढीको मध्यम जोखिम रहने पूर्वानुमान छ ।

मर्स्याङ्दी नदी विमलनगरमा पनि जलसतह सतर्कता तहनजिक पुग्ने महाशाखाको अनुमान छ । नदीतटीय क्षेत्रमा अति उच्च सतर्कता अपनाउन सचेत गराइएको छ ।

Dabur Nepal
NIC Asia

आज इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, चितवन, गोरखा, तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, बागलुङ, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), पाल्पा, रुपन्देही, कपिलवस्तु, गुल्मी र अर्घाखाँची भई बहने अधिकांश साना नदीमा बहाव बढ्ने अनुमान छ । केही साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम रहने महाशाखाले जनाएको छ ।

यस्तै, ताप्लेजुङ, संखुवासभा, पाँचथर, सिन्धुपाल्चोक, दोलखा, कैलाली र कञ्चनपुर भई बहने अधिकांश साना नदीको बहाव उल्लेख्य बढ्ने अनुमान छ ।

अबका तीन दिन कोसी, नारायणी, कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीहरूको जलसतह उल्लेख्य बढ्दो हुनेछ । पश्चिम सेती, कन्काई, कमला, पूर्वी राप्ती नदीको जलसतह पनि उल्लेख्य बढ्दो हुने अनुमान छ ।

Narayani_Pull-1720524952.jpg

n1-1720669067.JPG

n2-1720669067.JPG

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २७, २०८१  ०९:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro