site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रुसले आफ्नो सेनामा भएका भारतीयलाई फिर्ता हुन अनुमति दिने

मस्को । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको रुस भ्रमणको क्रममा आफ्नो सेनामा भर्ना भएका भारतीयलाई स्वदेश फर्काउन सहमति जनाएको छ । 

भारतको विदेश मन्त्रालयले यसको जानकारी दिएको हो । यो घोषणा भारतीय प्रधानमन्त्रीको मस्को भ्रमणको अन्त्यमा जानकारी दिइएको हो । भ्रमणका क्रममा मोदीले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसमक्ष सो मुद्दा उठाएको जनाइएको छ ।

भारतले उनीहरूलाई लडाइँका लागि नभइ अलग युनिटमा काम गराइने भनिएकोमा पछि युक्रेनसँगको लडाइँमा लगिएको जनाएको बताइएको छ । युक्रेन युद्धमा अहिलेसम्म कम्तीमा चार भारतीय मारिएको जनाइएको छ ।

मंगलबार एक पत्रकार सम्मेलनमा भारतका विदेश सचिव विनय क्वात्राले त्यसबारेमा रुसी पक्षसँग कुरा उठाइएको जनाएका छन् । उनीहरूलाई झुक्याएर सेनामा भर्ना गरेर लडाइँमा लगिएको उनको तर्क थियो । 

उनका अनुसार रुसी सेनामा करिब ४० भारतीय रहेकोमा १० जनालाई फिर्ता ल्याइसकिएको छ । बाँकीलाई ल्याउनको लागि कुराकानी भइरहेको जनाएका छन् । 

रुसको सेनामा भर्ना भएका भारतीयलाई राम्रो पैसा दिने र रुसी पासपोर्ट दिइने प्रलोभन दिइएको बताइएको छ  । त्यहाँ भर्ती भएका धेरैजसो गरिब परिवारका भएको र उनीहरूलाई रुसी सेनाको हेल्परको रूपमा काम लगाइने भनिएको थियो । बीबीसी

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, असार २६, २०८१  १५:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro