site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सर्लाही र मोरङमा भारी वर्षा, बाढीको जोखिम
फाइल तस्बिर । 

काठमाडौं । सर्लाही र मोरङमा भारी वर्षा भएको छ । पछिल्लो एक घण्टामा सर्लाही पर्वानिपुर वर्षामापन केन्द्रमा भारी वर्षा मापन भएको छ । 

उक्त क्षेत्र भएर बग्ने झिम नदी, फुल्जोर खोला र अन्य साना खोलामा बाढीको जोखिम रहेकाले सतर्क रहन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । 

पछिल्लो तीन घण्टामा मोरङको केराबारी वर्षामापन केन्द्रमा मध्यमदेखि भारी वर्षा मापन भएको छ । उक्त क्षेत्र भएर बग्ने स–साना नदीहरूमा बाढीको जोखिम रहेकाले सतर्कता अपनाउन विभागको अनुरोध छ । 

प्रकाशित मिति: मंगलबार, असार २५, २०८१  ०७:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro