site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
रास्वपा कार्यकर्ताको टिप्पणी– सिधाकुरालाई जनताले सम्झिराखेका छन्, सभापतिले बिर्सिए 
फाइल तस्बिर ।
Siddhartha BankSiddhartha Bank

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री मुकुल ढकाललाई कारबाहीसम्म पुर्‍याउने समीक्षा प्रतिवेदन सार्वजनिक भएको छ । महामन्त्री ढकाललाई निलम्बित गरेको भोलिपल्ट रास्वपाले समीक्षा प्रतिवेदन सार्वजनिक गरेको हो ।

प्रतिवेदनमा सभापतिले राजनीतिमा आउनुअघि बोलेको विषय बिर्सिंदा पार्टीको वास्तविक पहिचान नै मेटिन लागेको भन्दै नेता कार्यकर्ताको चिन्ता समेटिएको छ ।

“सिधाकुरा जनतासँग कार्यक्रममा बोलेका कुरा जनताले सम्झिराखेका छन् । तर, सभापतिले बिर्सिएजस्तो छ,” प्रतिवेदनमा नागरिकको सभाप्रतिको दृष्टिकोणमा राखिएको छ, “पार्टीको मेरुदण्ड नै त्यही कार्यक्रम थियो । पार्टीमा सिधाकुरा जनतासँग कार्यक्रमका मान्छे पनि केन्द्रीयस्तरमै आए, सभापतिको सचिवालयमा नै बसे । तर तिनीहरूले पनि सिधाकुरा जनतासँग कार्यक्रम बिर्सिएर अरू राजनीति गर्न थाले ।”

Agni Group
NIC Asia

प्रतिवेदनमा नेता कार्यकर्ताले सबैभन्दा धेरै पार्टी सभापतिमाथि प्रश्न उठाएको पनि उल्लेख छ ।

“चेसमा रानी धेरै चल्दैन । तर हाम्रो पार्टीमा किन सभापति नै धेरै चलेको ? सभापति आफैँ गृहमन्त्री भएर किन गएको ? सीके राउत जस्तो ब्याकमा किन नबसेको ?,” प्रतिवेदनमा समेटिएका कार्यकर्ताका प्रश्नमा भनिएको छ, “जीबी राई कहिले समातिन्छन् ? समात्न सकिँदैनथ्यो भने प्रतिपक्षीमा हुँदा किन म्याद नै तोकेर बोलेको ?”

Global Ime bank

कार्यकर्ताले सभापति लामिछानेसँग भेट पाउनभन्दा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्न सजिलो भएको भनेर टिप्पणी गरेको प्रतिवेदनमा उल्लेख छ । कार्यकर्ताले सभापतिको सचिवालय पनि रुखो लागेको बताएका छन् ।

“यही सचिवालयबाट अगाडि बढे सभापतिबाट राजनीति सम्भव छैन,” कार्यकर्ताको सुझावमा भनिएको छ ।

सभापतिले बनाएको केन्द्रीय समितिमाथि समेत कार्यकर्ताले गम्भीर प्रश्न उठाएको प्रतिवेदनमा उल्लेख छ ।

“किन ग्यालेक्सीको टिम धेरै भयो ? सभापतिले विश्वासको दायरा बढाउन नसकेको हो ?,” सभापतिमाथि कार्यकर्ताले प्रश्न गरेका छन्, “सरकारमा गएपछि सोचेअनुरूप फाइल किन खोलिएन ? निर्मला पन्तलाई न्याय कहिले मिल्छ ? ब्लू बस र रोजगारीको कुरा कता पुग्यो ?”

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २०, २०८१  १७:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu