राजनीति
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुधीर भट्टराईलाई मोनाकोका लागि गैरआवासीय राजदूतमा नियुक्त गरेका छन् । गणतन्त्र फ्रान्सका लागि नेपालका आवासीय राजदूत रहेका उनलाई गैरआवासीय राजदूतमा नियुक्त गरिएको हो ।
नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले राजदूत भट्टराईलाई बिहीबार मोनाकोका लागि गैरआवासीय राजदूतमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, असार २०, २०८१ १५:१२
प्रतिक्रिया दिनुहोस्