site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
लोसपाले भन्यो– संविधान संशोधन गर्ने कांग्रेस–एमालेकोे गठबन्धन सकारात्मक 

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले कांग्रेस–एमाले गठबन्धनलाई स्वागत गरेको छ । लोसपाका महामन्त्री डा. सुरेन्द्र झाले मधेस आन्दोेलनले उठाएर थाती बसेको संविधान संशोधनको मुद्दा लिएर गठबन्धन बनेका कारण लोसपाले यसलाई स्वागत गरेको बताए । 

उनले सानो पार्टी भएर पनि निरन्तर प्रधानमन्त्री पदमा बस्दा प्रचण्डले हैसियत भुलेर दम्भ देखाएका कारण पनि अहिलेको गठबन्धन आवश्यक भएको बताए । “अहिले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ०५२ पछिको राप्रपाको जस्तो राजनीति गर्दै हुनुहुन्थ्यो । ३२ सिट भएर पनि सरकारको नेतृत्व पाउँदा प्रचण्डमा जुन प्रकारको दम्भ देखिएको थियो र जुन ढंगले संसद्लाई बन्धक बनाउने काम भएको थियो त्यसबाट मुक्ति पाउन आवश्यक भइसकेको थियो,” महामन्त्री डा. झाले बाह्रखरीसँग भने, “संविधान संशोधनमार्फत बाँकी मधेस आन्दोलन र अन्य आन्दोेलनका थाती रहेका मुद्दालाई सम्बोधन गर्न नेपाली कांग्रेस र नेकपा एमाले एक ठाउँ उभिनुपर्ने आवश्यक छ ।” 

उनले ०७२ सालको भूकम्प र कोरोना महामारीले ल्याएको आर्थिक मन्दीबाट देशलाई निकास दिन पनि मुख्य दलबीच सहमतिको आवश्यकता देखिएको बताए । 

उनले लोसपा विगतदेखि नै कांग्रेससँगै रहेको भन्दै अब पनि वर्तमान गठबन्धनका विषयमा सकारात्मक रहेको बताए । “लोसपा नेपाल त गएको निर्वाचनमै नेपाली कांग्रेससँगै थियो । मधेस आन्दोेलनले उठाएका संविधान संशोधनका केही सवाल अझै सम्बोधन भएका छैनन्,” डा. झाले भने, “यी सबै कुरा सम्बोधन गर्ने र देशमा रहेका निराशा चिर्दै मधेस आन्दोलनका मागसमेत सम्बोधन हुने गरी संविधान संशोधन अघि बढाउँदा हामी यो गठबन्धनलाई स्वागत र समर्थन गर्नेछौँ ।”

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  १६:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro