site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
टेलिकमको एमडीका उमेदवारलाई अन्तर्वार्तामा बोलाइयो

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल टेलिकमको प्रबन्ध निर्देशक (एमडी) पदका उमेदवारलाई अन्तर्वार्तामा बोलाएको छ । यही असार २० देखि २२ गतेसम्म मन्त्रालयले १६ उमेदवारलाई कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्तामा बोलाएको हो ।

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को एमडी पदका निम्ति मन्त्रालयले १६ जनाको आवेदन स्वीकृत गरेको थियो । मन्त्रालयले अन्तर्वार्तामा बोलाएकामा राजेश जोशी, अनन्तप्रकाश मल्लिक, डा. विमल आचार्य, प्रेमप्रसाद सिलवाल, चिन्तामणि बराल, कृष्णप्रसाद भण्डारी, अनिलकुमार झा, डा. शालिग्राम पराजुली, लक्ष्मण महर्जन छन् ।

यस्तै, नगेन्द्रकुमार दास, केदारनाथ कोइराला, कमल लामिछाने, रमेशप्रसाद जोशी, शालिकराम सुवेदी र बुद्धिप्रसाद आचार्यलाई अन्तर्वार्तामा बोलाइएको हो ।

यीमध्ये एकजना टेलिकमको एमडीमा नियुक्त हुनेछन् ।

प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  १२:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro