खेल
काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपअन्तर्गत फाइनलको पहिलो पावर प्लेमा दक्षिण अफ्रिकाले भारतविरुद्ध दबाब बनाएको छ । शनिबार ब्रिजटाउनमा टस जितेर ब्याटिङमा उत्रिएको भारतले पहिलो पावर प्ले (६ ओभर)को समाप्तिमा तीन विकेट गुमाएर ४५ रन बनाएको छ ।
भारतबाट हाल क्रिजमा रहेका विराट कोहली २५ र अक्षर पटेल आठ रनमा खेलिरहेका छन् । त्यसअघि, भारतले कप्तान रोहित शर्मालाई व्यक्तिगत नौ, सूर्यकुमार यादवलाई तीन रन र ऋषव पन्तलाई शून्यमा गुमाएको थियो ।
ट्वान्टी–२० विश्वकपको इतिहासमा भारत तेस्रो र दक्षिण अफ्रिका पहिलोपटक फाइनलमा आएका हुन् ।
प्रकाशित मिति: शनिबार, असार १५, २०८१ २०:४८
प्रतिक्रिया दिनुहोस्