site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
गणित, विज्ञान र अंग्रेजी शिक्षकको विशेष व्यवस्था गर्न सांसद चौधरीको माग

काठमाडौ. । नेपाली कांग्रेसका सांसद तेजुलाल चौधरीले गणित, विज्ञान र अंग्रेजी शिक्षकको विशेष व्यवस्था गर्न सरकारसँग माग  गरेका छन् । 

शुक्रबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद चौधरीले विद्यालयहरूमा गणित र विज्ञान शिक्षक पाउन छोडिसकेको बताए । उनले एसईईको नतिजामा पनि सबैभन्दा बढी गणित विषयमा विद्यार्थी अनुत्तीर्ण भएको भन्दै उनले गणित, विज्ञान र अंग्रेजी शिक्षकको विशेष रूपले व्यवस्था गर्नुपर्ने बताए ।  

उनले कक्षा १ मा भर्ना भएका सात लाख विद्यार्थी एसईईसम्म नपुगेको अवस्था रहेको भन्दै विद्यार्थी बीचमै हराएको विषयमा पनि सरकारले ध्यान दिनुपर्ने बताए । 

“हिजोमात्रै एसईई परीक्षाको रिजेल्ट निस्कियो । ४८ प्रतिशत मात्रै विद्यार्थीहरु एसईई पास भएको छन् । ५२ प्रतिशत विद्यार्थी फेल भएका छन् । कक्षा १ मा विद्यार्थी भर्ना हुँदा ११÷१२ लाख हुन्छन् । एसईईसम्म आउँदाखेरी पाँच लाख हुन्छ । एक त सात लाख विद्यार्थीहरु बाटोमै हराएका हुन्छन् । अहिले आएर सबभन्दा बढी गणित विषयमा एक लाख ७७ हजार फेल भएको छ । नेपालमा धेरैजसो गणित र विज्ञान शिक्षक स्कुलमा पाउन छोडिसकेको छ । म सरकारसँग जोडदार माग गर्न चाहन्छु, साँच्चै शिक्षालाई सुधार गर्ने हो भने गणित, विज्ञान र अंग्रेजी शिक्षकको विशेष व्यवस्था गर्न जोडदार माग गर्न चाहन्छु,” सांसद चौधरीले भने । 
 

प्रकाशित मिति: शुक्रबार, असार १४, २०८१  १२:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro