site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
करेन्ट लागेर एकजनाको मृत्यु
प्रतीकात्मक तस्बिर

अछाम । अछाममा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन् । जिल्लाको तुर्माखाद गाउँपालिका–६ निवासी १५ वर्षका बिमल विक र १४ वर्षिय झंकर विक घरबाट तुर्माखाँद गापा–७ बासकाडा जाने क्रममा कच्ची सडकखण्डमा पोलबाट चुँडिएर सडकमा खसेको तारमा झंकर विकलाई करेन्ट लागेको थियो । झंकरलाई करेन्ट लागेपछि बचाउन तान्ने क्रममा विमललाई पनि करेन्ट लागेको थियो ।

करेन्ट लाग्दा झंकरलाई बचाउन खोजेका विमलको भने घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायव उपरीक्षक सन्तोष पाठकले जानकारी दिए । 

झंकर विक भने घाइते छन् । घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय कमलबजारबाट प्रहरी नायव निरीक्षक भीमबहादुर शाहीसहित सातजनाको टोली घटनास्थलतर्फ पठाइसकेको प्रनाउ पाठकले बताए । रासस

प्रकाशित मिति: मंगलबार, असार ११, २०८१  १९:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro