अर्थ व्यवसाय

काठमाडौं । प्रतिनिधिसभाबाट भन्सार महसुलसम्बन्धी विधेयक, २०८१ बहुमतले स्वीकृत भएको छ । सभाको मंगलबारको बैठकमा विधेयकमाथि उठेका सैद्धान्तिक छलफलमा अर्थमन्त्री वर्षमान पुनले जवाफ दिएपछि बैठकको अध्यक्षता गरेकी उपसभामुख इन्दिरा रानाले विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरेकी थिइन् ।
सांसदहरू सञ्जय कुमार गौतम, जुलीकुमारी महतो (महासेठ), प्रेम सुवाल, नागीना यादव, डा अमरेसकुमार सिंह, गणेश पराजुली, बद्रीप्रसाद पाण्डे भन्सार महसुलसम्बन्धी विधेयक २०८१ माथिको सैद्धान्तिक छलफलमा सहभागी भएका थिए ।
प्रकाशित मिति: मंगलबार, असार ११, २०८१ १९:१२
प्रतिक्रिया दिनुहोस्