site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
रोहितको आक्रामक ब्याटिङ, भारतले अस्ट्रेलियालाई दियो २०६ रनको लक्ष्य

काठमाडौं । कप्तान रोहित शर्माको आक्रामक ब्याटिङप्रेरित भारतले आईसीसी ट्वान्टी–२० विश्वकपअन्तर्गत सुपर–८ को खेलमा अस्ट्रेलियालाई २०६ रनको लक्ष्य दिएको छ ।

सोमबार ग्रोस इजलेमा टस हारेर ब्याटिङमा आएको भारतले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर २०५ रनको योगफल खडा गरेको हो ।

भारतका ओपनर तथा कप्तान रोहितले ९२ रनको आक्रामक इनिङ खेले । उनले ४१ बलमा सात चौका र आठ छक्का प्रहार गरे । १९ बलमै अर्धशतक बनाएका रोहित जारी विश्वकपमा सबैभन्दा छिटो ५० रन बनाउने ब्याटरसमेत बने । उनीपछि रहेका अमेरिकाका आरोन जेम्सले २२ बलमा अर्धशतक बनाएका थिए । 

रोहितले ६–१ को स्थितिबाट ऋषव पन्तसँग ८७ रनको साझेदारी गर्दै भारतको इनिङ उकासेका थिए । पन्तले १५ रन थपे । सूर्यकुमार यादवले ३१, सिवम दुवेले २८ र हार्दिक पन्ड्याले २६ रन थपे ।

भारतका ओपनर विराट कोहली भने शून्य रनमा आउट भए ।

अस्ट्रेलियाका मिचेल स्टार्क र मार्कुस स्टोइनिसले समान दुई विकेट लिए । जस हेजलवुडको नाममा एक विकेट रह्यो ।

समूह–१ मा दुई खेलमध्ये एक खेलमा हार बेहोरेको अस्ट्रेलियामाथि सेमिफाइनल पुग्न जित्नैपर्ने दबाब छ । समान खेलबाट चार अंक जोडेको भारत केही हदसम्म सहज अवस्थामा छ । तर, अस्ट्रेलियासँगको फराकिलो हार र अफगानिस्तानले बंगलादेशविरुद्ध त्यस्तै जित निकाले भारतको पनि सेमिफाइनल सम्भावना समाप्त हुने समीकरण कायमै छ ।

प्रकाशित मिति: सोमबार, असार १०, २०८१  २२:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro