खेल

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपमा भारत र अस्ट्रेलियाबीचको खेल वर्षाका कारण रोकिएको छ ।
सोमबार टस हारेर ब्याटिङमा आएको भारतले ४.१ ओभरमा एक विकेट गुमाएर ४३ रन बनाउँदा पानी परेपछि खेल रोकिएको हो ।
भारतबाट हाल क्रिजमा रहेका कप्तान रोहित शर्मा ४१ रनमा र ऋषव पन्त एक रनमा खेलिरहेका छन् । त्यसअघि भारतले ओपनर विराट कोहलीलाई शून्यमा गुमाएको थियो ।
सेमिफाइनलमा पुग्न आज अस्ट्रेलिया जितको दबाबमा छ ।
प्रकाशित मिति: सोमबार, असार १०, २०८१ २०:४७
प्रतिक्रिया दिनुहोस्