सिउल । दक्षिण कोरियाको लिथियम ब्याट्री फ्याक्ट्रीमा भीषण आगलागी हुँदा केही कामदारको मृत्यु भएको छ । सोमबार बिहान ह्वासेङ सहरको एरिसेल प्लान्टमा आगलागी भएको हो । सो सहर राजधानी सिउलबाट करिब ४५ किमी दक्षिणमा पर्दछ ।
स्थानीय टेलिभिजन फुटेजका अनुसार फायर फाइटर्सले उद्धार कार्य अघि बढाइरहेका छन् । दक्षिण कोरिया लिथियम ब्याट्रीको नेतृत्वदायी भूमिका खेलिरहेको देशमा चिनिन्छ । सो ब्याट्री इलेक्ट्रिक भेहीकल्सदेखि ल्यापटपसम्ममा प्रयोग हुन्छ ।
सो घटनामा कम्तीमा १६ जनाको मृत्यु भएको रोयटर्सले अधिकारीलाई उद्धृत गर्दै जनाएको छ । यद्यपि, मृत्यु संख्या बढ्न सक्ने जनाइएको छ । योनहाप न्युज एजेन्सीले २० जनाको शव भेटिएको जनाएको छ । सो स्थानमा शृंखलाबद्ध विस्फोट भएको समाचारमा उल्लेख छ । बीबीसी