site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
वेस्ट इन्डिजलाई हराउँदै दक्षिण अफ्रिका सेमिफाइनलमा

काठमाडौं । सहआयोजक समेत रहेको वेस्ट इन्डिजविरुद्ध डकवर्थ लेविस पद्दति (डीएलएस)अनुसार तीन विकेटको जित निकाल्दै दक्षिण अफ्रिकाले आईसीसी ट्वान्टी–२० विश्वकपको सेमिफाइनलमा स्थान पक्का गरेको छ ।

सोमबार नर्थ साउन्डमा टस जितेर ब्याटिङमा उत्रिएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १३५ रन बनाएको थियो । वर्षाका कारण खेल प्रभावित बन्दा दक्षिण अफ्रिकाले १७ ओभरमा १२३ रनको लक्ष्य पाएको थियो । उक्त लक्ष्य दक्षिण अफ्रिकाले पाँच बल बाँकी छँदै सात विकेट गुमाएर पूरा गर्‍यो ।

दक्षिण अफ्रिकाको जितमा ट्रिस्टान स्टुब्सले २९ रन बनाए । हेनरिक क्लासेनले २२, मार्को जान्सेनले २१, कप्तान आइदेन मार्करमले १८ र क्विन्टन डी ककले १२ रन थपे ।

वेस्ट इन्डिजका रोस्टन चेजले तीन विकेट लिए । अल्जारी जोसेफ र आन्द्रे रसेलका नाममा समान दुई विकेट रह्यो ।

त्यसअघि, वेस्ट इन्डिजका रोस्टन चेजले ४२ बलमा तीन चौका र दुई छक्कासहित ५२ रनको योगदान गरे । ओपनर काइल मयेर्सले ३५, आन्द्रे रसेलले १५ र अल्जारी जोसेफले ११ रन बनाए ।

दक्षिण अफ्रिकाका तबरेज शाम्सीले तीन विकेट लिए । मार्को जान्सेन, आइदेन मार्करम, केशव महारेज र कगिसो रबाडाले समान एक विकेट लिए ।

जितसँगै दक्षिण अफ्रिका सुपर–८ को समूह–२ बाट शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुगेको हो । जारी प्रतियोगितामा अपराजित दक्षिण अफ्रिकाले सुपर–८ का तीन खेलबाट ६ अंक जोड्यो । समान खेलबाट दुई अंकको वेस्ट इन्डिजको भने विश्वकप यात्रा टुंगिएको छ । वेस्ट इन्डिजले सन् २०१२ र २०१६ मा ट्वान्टी–२० विश्वकपको उपाधि जितेको थियो ।

प्रकाशित मिति: सोमबार, असार १०, २०८१  १३:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro